काठमाडौं– जाडो मौसममा रुखा, खोकी, टाउको दुखाई त सामान्य भईरहन्छ। तर जाडो मौसममा हामीमध्ये कतिपय व्यक्तिहरु जोर्नी दुखाइको समस्याले पीडित हुनुहुन्छ। सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपानमा सुधार ल्याएर पनि ठिक गर्न सकिन्छ।
जाडो मौसममा प्रायः मानिसहरु धेरै आराम गर्ने हुँदा, शारीरिक सक्रियता कम हुन्छ। दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ। त्यसैले हाम्रो खानपानमा पनि परिवर्तन हुन जान्छ। अनि हामी व्यायाम पनि कम गर्छौं। त्यसैले जोर्नीको दुखाई अझ बढ्ने हुन्छ।
जोर्नी दुख्नुका कारणहरुः
जोर्नी दुखाईका पनि थुप्रै कारणहरु हुन्छन्। ती मध्ये हड्डी द्रब अथवा मेम्ब्रेनमा परिवर्तन आउनु, हड्डीमा चोट लाग्नु, हड्डीको क्यान्सर, आथ्रोइटिस, मोटोपन, ब्लड क्यान्सर, बढ्दो उमेरसँगै जोर्नीको बीचको कार्टिलेज कुसनलाई लचिलो र चिल्लो बनाई राख्ने लुब्रिकेटको कमी हुनु, लिगामेन्ट्सको लम्बाई र लचिलोपनमा कमी हुनु आदि हुन्छन्।
स्वस्थ कसरी हुनेः
विशेष गरी जोर्नीको दुखाईमा आथ्रोइटीसको कुनै उपचार छैन। यद्यपि, केही सरल उपायहरु अपनाएर पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ।
केही उपायहरुः
जोर्नीमा हुने कार्टिलेजलाई आथ्रोइटिसले हानि र्पुयाउँछ। यो भाग ७० प्रतिशत पानीले बनेको हुन्छ। यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ, चोकरयुक्त आँटाको रोटी, मुङको दाल आदिलाई खानपिनमा समावेश गर्नुपर्छ।
हरियो सागपातमा लौका, घिरौला, काउली, बन्दा, गाँजर आदिको नियमित सेवनले पनि फाइदा पुग्न सक्छ। तरकारीमा ब्रोकाउली मात्रा बढाउनुपर्छ। ब्रोकाउलीले आथ्रोइटिसलाई नियन्त्रणमा राख्दछ। चिसो खानेकुरा खानु हुँदैन, त्यसको साटो तातो खानेकुरा खानुपर्छ लसुन, प्याज, सालमन, माछा, बदाम, काजु आदि बढीमात्रामा खानुपर्छ, शरीरलाई न्यानो राख्नुका साथै हरेक दिन ८ देखि १० गिलास पानी पिउनुपर्छ, चिसोबाट जोगिनुपर्छ।
जहाँ-जहाँ दुख्छ, त्यो भागलाई न्यानो राख्नुपर्छ। क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका कुराहरू, ब्रोकाउली, सालमन, पालक, राजमा, बदाम, तोफु आदि सेवन गर्नुपर्छ, भिटामिन सी र डी जोर्नीको स्वास्थका लागि अत्यन्त उपयोगी हुन्छ। त्यसैले भिटामिन(सी र डी पाइने खाद्यपदार्थ जस्तै स्ट्रवेरी, सुन्तला, किवी, पाइनापल, ब्रोकाउली, काउली, बन्दा, दूध, दही, माछा आदि प्रसस्त खानुपर्छ।
जाडोमा घाम सबैलाई प्यारो हुन्छ। त्यसैले जोर्नी दुख्ने समस्या भएकाहरुले केही समय घाममा बिताउनुपर्छ, घामको किरणबाट भिटामिन–डी प्राप्त हुन्छ, शारीरिक तौल नियन्त्रणमा राख्नुपर्छ। तौल अधिक हुनाले जोर्नीमा दबाब पर्छ, नियमित व्यायाम गर्नुपर्छ। तर, जोर्नीमा दबाब पर्ने भने कम गर्नुपर्छ। दूधपान र मद्यपानबाट जोगिनुपर्छ, फल र सब्जीको सेवन अधिक मात्रामा गर्नुपर्छ, यसबाट ओस्टियो आथ्रोइटिसबाट बच्न सकिन्छ, अदुवा र बेसारको सेवन बढी गर्नुपर्छ।
यसले जोर्नीको सुजन कम गर्छ, जोर्नीको सुजन बढाउने पदार्थ जस्तै, नुन, चिनी, अल्कोहल, क्याफिन, तेल र रातो मासु आदिको सेवन कम गर्नुपर्छ। पैदल हिँडनु, जगिङ गर्नु, नृत्य गर्नु, जिम जानु, सिँढी चढ्नु, ओर्लनु, हल्का फुल्का व्यायामले हड्डीलाई मजबुत बजाई राख्दछ, नियमित व्यायाम गर्नुपर्छ। शारीरिक रूपमा सक्रिय रहनुपर्छ, बाहिरी तापमान अत्यधिक कम हुँदा बाहिर घुमफिर गर्ने गतिविधि कम गर्नुपर्छ।