काठमाडौं– विगत केही वर्षयता काठमाडौंमा वायु प्रदुषण बढिरहेको छ। राजधानी काठमाडौं लगायतका मुख्य सहरहरुपनि प्रदुषणको चपेटामा परेका छन्। अत्याधिक धुलोका कारण मानिसहरुलाई स्वास फेर्नसमेत समस्या पर्न थालेको छ। उपत्यकामा मात्र बढ्दो सवारीका कारण वायु प्रदुषणको स्तरमा तीन गुणा वृद्धि भइरहेको र पुस, माघ र फागुनका महिनाहरुमा अझ प्रदुषण बढ्ने वातावरणविद्हरु बताउँछन्।
– वायु प्रदुषणले मानव स्वास्थयमा विभिन्न प्रकारका समस्या उत्पन्न गराउँछ। जसमध्ये, श्वासप्रश्वास सम्बन्धी संक्रमण, रुघाखोकी, निमोनिया, फोक्सो, घाँटीको क्यान्सर, एलर्जी र दीर्घकालिन खालका रोगहरु रहेका छन्।
– पेट्रोल, डिजेलबाट निस्कने धुँवामा रहेको अक्सिएसिटिन नाइट्रेड र फमेलडीहाइडले फोक्सो, आँखा आदिमा असर पार्नुका साथै खेती बाली समेत नष्ट बनाउँछ, बाक्लो धुँवाका कारण सवारी दुर्घटनाग्रस्त बन्छन्, हरितगृहमा असर गरी पृथ्वीमा असर तापक्रम बढ्ने र वातावरणमा परिवर्तन भइ कृषि उत्पादनमा हा्स आउने आदि हुन्छ।
कसरी बच्नेः
– इन्धनको रुपमा प्रयोग गरिदैँ आएको दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युत् शक्क्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिँदा प्रदुषणलाई कमी गर्न सकिन्छ, वायुप्रदुषणबाट बच्नका लागि मास्कको प्रयोग गर्नु पर्छ। सामान्य खालको भन्दा पनि धुलो रोक्ने खालको मास्कको प्रयोग गर्नुपर्छ।
– आवश्यक नपरि घरबाट बाहिरिने गर्नु हुँदैन, बाहिर सडकमा सवारी साधनबाट निस्कने धुलोले धेरै असर गर्छ। त्यस्तै मानव बस्ती वरीपरी प्लाष्टिक तथा धुँवाजन्य पदार्थहरु नजलाउने, पूराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँच गरी अनुमति प्राप्त सवारी साधनमात्र सञ्चालनमा ल्याउने काम भएपनि पनि प्रदुषण कम गर्न सहयोग पुग्छ।
– वनजंगल फडानी नगर्ने, वृक्षरोपण गर्ने कार्यमा प्रोत्साहन गर्ने, उद्योगधन्दा, कलकारखानालाइ मानव बस्तीबाट टाढा राख्ने, सडकको गल्ली, खोलानाला, नदी, ताल, आदिमा फोहोरमैला फाल्न प्रतिबन्ध गर्ने लगायका काम सरकारले गर्ने हो भने पनि वातावरण प्रदुषणलाई कम गर्न सकिन्छ।