काठमाडौं– नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा नेपाल भ्रमण वर्षको लोगो राख्ने भएको छ। सहप्रवक्ता सुलेख मिश्रको अनुसार निगम कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको उनको भनाई छ। नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, ट्विटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटनसम्वन्धी सामग्री प्रसारण गर्ने निर्णय गरेको छ।
गुणस्तरीय सेवासहित पर्यटकलाई आकर्षण गर्ने लक्ष्यले केन्द्रीय कार्यालयस्थित विक्री कक्ष राती ८ बजेसम्म खूल्ला राख्ने वैठकले निर्णय गरेको छ। त्यस्तै निगमले काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशबाट आएका यात्रुहरुलाई निगमका बाहृय स्टेशनबाट प्याकेजमा टिकट विक्रीको व्यवस्था गर्ने निर्णय गरेको छ। भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रम बनाउन पाँच निर्देशक सम्मिलित समिति गठन गरिएको छ।
मिश्रले मिडियारपर्यटक सहजिकरणका निम्ति एक उप–समिति निर्माण गरी पाक्षिक प्रगति मूल्याङ्कन गरी थप कार्यक्रम बनाउने निगमले निर्णय गरेको बताए। गोलाप्रथाद्वारा प्रत्येक अन्तर्रा्ष्ट्रिय स्टेशनहरुमा पर्यटकहरुका लागि मासिक एकथान टिकट निःशूल्क उपलव्ध समेत गराइने छ।