काठमाडौं– कागतीको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ। पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ।
तर, हाम्रो शरीरलाई यसको अत्यधिक सेवन गर्नाले नकारात्मक असर पनि गर्न सक्छ। कागतीमा भएको एसिडले दाँतलाई हानी र्पुयाउन सक्छ। यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ।
कागतीको बेफाइदा छन्ः
दाँत झन्झनाउने– कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ। यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस्। यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन। अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ।
पेट खराब हुने– यदि तपाई दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ। हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ।
माइग्रेन र टाउको दुख्ने– कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ। यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ। यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ।
डिहाइड्रेसन– कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ।
छाला डढ्ने– हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ।
मिर्गौला र पित्ताशयको थैलीको समस्या– कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ। यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ।