काठमाडौं– नेपाल टेलिकमले कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएको छ। स्मार्ट टेलिकमबाट हुन नसकेको काम नेपाल दूरसञ्चार प्रधिरकणले नेपाल टेलिकमलाई जिम्मा लगाएको छ। टेलिकमका प्रवक्ता मीनप्रसाद आर्यालले मन्त्रिपरिषद बैठकले टेलिकममार्फत परियोजना अघि बढाउन स्वीकृति दिएपछि यो निर्णय भएकोे बताएका छन्।
उनले भने, ‘अब एक हप्ताभित्र टेलिकमसँग प्रक्रिया अघि बढाउनका लागि सम्झौता हुन्छ,’ ‘नेपाल टेलिकमले रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म फाइबर बिछ्याउने काम गर्नेछ।’यसअघि दूरसञ्चार प्राधिरकणले सम्झौतामा २ वर्ष्भित्र काम सकाउने गरी स्मार्ट टेलिकमलाई ३ अर्ब ९४ लाख रुपैयाँ परियोजना जिम्मा लगाएको थियो।
तर, काम निकै सुस्त भएपछि ठेक्का नै खोसिएको थियो। मोबलिाइजेसन बापत लिएको स्मार्टबाट परियोजनाको लागि ६० करोड बराबरको बैंक जमानत र १५ करोडको कार्यसम्पादन जमानत पनि जफत भएको थियो। नयाँ प्रक्रियाबाट टेलिकमल यस क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन सुरु गर्नेछ।
यो परियोजनामार्फत करिब २ हजार ५ सय किलोमिटर क्षेत्रमा फाइबर बिछ्याइनेछ। प्रदेश नम्बर ५ का बर्दिया, बाँके, कर्णाली र सुदूरपशचिमका सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुला गरी १९ जिल्लामा फाइबर बिछ्याइनेछ।
सरकारको डिजिटाइजेसन अभियान अन्तर्गत प्रदेश नम्बर ६ र ७ मा अप्टिकल फाइबर बिछ्याउने काम गत वर्षको माघबाट मात्रै सुरु भएको थियो। एक वर्ष्भित्र काम सकाउने भने पनि २० किलोमिटर पनि काम भएको छैन। १९ जिल्लाका प्रमुख राजमार्ग र सदरमुकाममा फाइबर र्पुयाउन यो परियोजना लागू गरिएको हो।
अप्टिकल फाइबर बिछ्याउन दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउँछ। मध्यपहाडी पुरै लोकमार्गमा फाइबर बिछ्याउने योजना अन्तर्गत झण्डै १० अर्ब रकम प्राधिकरणले खर्च गर्दैछ। मध्यपहाडी लोकमार्गमा फाइबर बिछ्याउने योजनालाई ३ खण्डमा विभाजन गरिएको छ।
यो कामका लागि प्रदेश १, २ र ३ मा नेपाल टेलिकमले नै काम गरिरहेको छ। प्रदेश ४ र ५ मा यूटीएलले पाएको थियो। आर्थिक वर्ष ०७२र७३ कोे नीति तथा कार्यक्रममै ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाल देशव्यापी विस्तार गर्ने घोषणा भएको थियो।
मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याएर स्मार्ट सिटी बनाउन थाल्ने त्यसै वर्षको बजेटमा भनिएको थियो। यो योजनाअनुसार ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउनुपर्छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग गर्नुपर्छ।