काठमाडौं– चाहे सौन्दर्य बढाउनका लागि होस् या शारीरिक स्वास्थ्यका लागि, उपयोगी वनस्पति हो घिउकुमारी। बजारमा थरीथरीका ब्युटी प्रोडक्ट उपलब्ध छन्। त्यसैगरी आयुर्वेदिक औषधीहरु पनि छ्यापछ्याप्ती छन्।
यस्ता उत्पादनमध्ये कतिपयमा लेखिएको हुन्छ, घिउकुमारी। यो जो कोहीको घर–बगैंचा वा गमलामा सजिलै रोप्न र हुर्काउन सकिने वनस्पति हो। घिउकुमरीलाई आयुर्वेद विज्ञानमा धेरै पहिले देखी नै विभिन्न खालका स्वास्थ्य समस्याहरुको उपचरका लागि औषधिको रुपमा प्रयोग गरिएको पाइन्छ।
सौन्दर्य निखार्नको लागि आजभोली बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा घिउकुमारी प्रयोग भएको जेल, बडी लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ। बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्यालाई ठिक गर्न सहयोग गर्छ। जबकि घिउकुमारी प्रयोग गर्नका लागि हामीले बजारमा निर्भर हुनैपर्दैन। सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ।
घिउकुमारीका फाईदाः
– आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा घिउकुमारी लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ, यसलाई छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ। लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ।
– यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ। घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ, यसले रगतको कमीलाई हटाउँछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ, यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाउँछ।
– यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन्। यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ, यसको काँडायुक्त पातहरुलाई काटेर जेल निकालेर बिहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ।
– टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन घिउकुमारी धेरै नै लाभदायक हुन्छ।