काठमाडौं– भाइरल ज्वरो अथवा मौसम परिर्वतनसँगैे भाइरल संक्रमण हुन सुरु हुन्छ। भाइरल ज्वरोको अर्थ भाइरल संक्रमणको कारण आउने ज्वरो हो। सैद्धान्तिक रुपमा भाइरल संक्रमण जस्तो पनि हुन सक्छ, जसका कारण ज्वरो आउँछ।
वास्तवमा भाइरल ज्वरो भनेको त्यस्तो ज्वरो हो, जुन इन्फ्लुएन्जा भाइरसका कारण हुन्छ। जुन श्वासको अन्य भाइरसका कारण पनि उत्पन्न हुन्छ। प्रायः यो शब्दको प्रयोग श्वास नलीमा हुने ब्याक्टेरियल संक्रमणको लागि भनिन्छ। यस्तो भाइरल संक्रमणको लक्षणहरुमा ज्वरो आउनु प्रमुख हुन्छ।
प्रायः गरेर हल्का अथवा धेरै (एक सय दुई डिग्री फरेनहाइटसम्म) शरीरको दुखाई, टाउको दुखाई, कमजोरी, सिंगान बग्नु र खोकी र बिना खोकी घाँटीको संक्रमणहरु समावेश छन्। बिरामीलाई ज्वरो आउनु अगाडि कहिलेकाहीँ उसको पाचन प्रक्रिया पनि खराब हुनसक्छ। पेट दुख्नु, पातलो दिशा लाग्नु, पाचन प्रक्रिया खराब भएपछि हुन्छ।
यस्तो लक्षण प्रायः गरेर चौबिसदेखि अठचालिस घण्टासम्म हुन्छ। त्यसपछि बिस्तारै कम हुँदै जान्छ। बिरामीलाई ज्वरो आउँछ भने एकरदुई दिन अगाडि नै सञ्चो नहुन लागेको महसुस हुन थाल्छ। ज्वरो निको भएको दुई–तीन दिनपछि मात्र पूर्ण रुपमा स्वस्थ भएको अनुभव हुन्छ। यस्तो लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्था अनुसार परिवर्तन हुनसक्छ। २८ दिनभन्दा कम उमेरका शिशुलाई समय–समयमा निरीक्षण गर्नुपर्छ।
बृद्ध व्यक्तिहरुमा लामो समयसम्म यस्तो लक्षण रहन्छ। जुन धेरै गम्भीर पनि हुनसक्छ। भाइरल संक्रमण प्रायः बल्झिन सक्छ। तर, पुनः भाइरल संक्रमण भयो भने अस्थमा र एलर्जिक खोकी लाग्न थाल्छ अथवा छालाको एलर्जिक स्थिति खराब हुन सक्छ। जसलाई ठिक हुन धेरै समय लाग्नसक्छ। मौसम परिर्वतनसँगै भाइरल संक्रमण बढ्ने एउटै समयमा अस्थमा पनि बढ्न सक्छ। भाइरल संक्रमण हुँदा एन्टिबायोटिकले असर गर्दैन।
जबसम्म ब्याक्टेरियल संक्रमणको क्लिनिकल्ली पुष्टि हुँदैन। तबसम्म एन्टिबायोटिक्सको प्रयोग गर्नु हुँदैन। होमियोपेथिक उपचारले भाइरल ज्वरोबाट सुरक्षित र छिट्टै राहत प्राप्त हुन्छ। टोक्सिकोडेन्ड्रोनले ज्वरोलाई कम गरेर शरीरको दुखाई र छटपटबाट पनि राहत प्रदान गर्छ। यसले ज्वरो निको भएपछि बिरामीको लामो समय लाग्ने खोकीबाट पनि आराम प्रदान गर्छ। जुन बिरामीले एन्टिपाइरेटिक्सको अत्यधिक प्रयोगबाट ज्वरोलाई कम गरेको फलस्वरुप उत्पन्न भएको हुन्छ।
पारम्परिक औषधिहरुमा एन्टिपायरेटिक औषधिहरु जस्तै प्यारासिटामोलको उपयोग गर्न सकिन्छ। यसले रोगलाई निको नपारे पनि शरीरको तापमानलाई कम गरेर केही समय राहत प्रदान गर्छ। प्यारासिटामोललाई सुरक्षित औषधि मानिन्छ। त्यसैले बिरामीहरुले तत्काल राहत पाउनका लागि यसको सजिलै उपयोग गर्छन्। तर, यसको प्रयोगले आन्द्राको लाईनिङ काटिन सक्छ साथै अन्य रोगहरु पनि उत्पन्न हुन सक्छ। यसको प्रयोगले लिभर पनि खराब हुन सक्छ।
कुनै बिरामीलाई लामो समयदेखि हल्का ज्वरो आइरहने पनि हुन्छ। यस्तो ज्वरो त्यस्ता बिरामीहरुमा देखिन्छ। जसले एन्टिपायरेटिक्सको अत्याधिक सेवन अथवा एन्टिबायोटिकको अपूर्ण सेवा अथवा अत्यधिक उपयोग गरेर ज्वरो निको पारेको हुन्छ, तर होमियोपेथीले बिरामीहरुलाई ज्वरोबाट धेरै राहत प्रदान गर्छ। जो औषधिको सेवन गर्दा–गर्दा निरास भएका हुन्छन्।
भाइरल ज्वरोको क्रममा टाइफाईड र यसको जाँच, भाइरल टेस्ट गर्नु आवश्यक हुन्छ। प्रायः बिरामी चार दिनभन्दा बढी ज्वरो आयो भने टाइफाइड भएको भन्ने सोच्छन्। टाइफाइड भएको सोचेर विभिन्न उपचारमा लाग्नुभन्दा आफूलाई टाइफाइड भएको शंका लागेमा डाक्टरलाई देखाउने र त्यसपछि समकालीन जाँचहरु गर्नुपर्छ।
टाइफाइड जाँचका लागि यसको लक्षण देखिएको सातदेखि चौध दिन बितेपछि मात्र यसको जाँचबाट त्यसको संक्रमणको बारेमा पत्ता लगाउन सकिन्छ। भाइरल ज्वरो भएको समयमा बिरामीले आराम गर्दैनन्। अफिस र स्कूलको काममा संलग्न हुन्छन्। त्यसो गर्नु गलत हो। किनभने शरीरले संक्रमणको उपचार गरेर स्वयं ठिक हुने कोसिस गरेको हुन्छ।
पर्याप्त आराम नगर्नु र सुरुबाट नै उपचार नगर्नु कारण रोगले लामो समयसम्म दुःख दिने र तपाईंले लामो समय स्कूल र अफिसबाट छुट्टी लिएर बस्नुपर्ने हुनसक्छ। यदि भाईरल ज्वरो आयो भने यसको सुरक्षित र छिट्टै उपचारको लागि होमियोेपेथीको सहयोग लिनुपर्छ।