काठमाडौं– बच्चाहरुमा सामान्य मानिसको तुलनामा संक्रमणको जोखिम धेरै हुन्छ। त्यसैले पनि स्वास्थ्यमा हामीले विशेष ख्याल गर्नुपर्ने हुन्छ। बच्चाहरुको स्वास्थ्य सामान्य मानिसको स्वास्थ्य भन्दा जटिल र संवेदनशील हुने गर्छ। त्यसैले बच्चाको स्वास्थ्य र हेरचाहको लागि विशेष किसिमको जानकारी हुनु जरुरी छ।
आफूमा पूर्ण रुपमा चेतना नभइसकेका बच्चाको हेरचाह, उनीहरुको सरसफाई आदि कसरी गर्ने ? त्यो प्रत्येक आमाहरुको लागि जान्नु आवश्यक हुन्छ। बच्चाहरु अधिकांशको बानी हुन्छ औंला मुखमा हाल्ने।
उनीहरुलाई फोहोर र सफाको चासो हुँदैन। जस्तो भएपनि औंला मुखमा हालेर चुस्न थालिहाल्छन्। यस्तो अवस्थामा बच्चाको नङ लामो भयो भने नङमा जम्मा भएर बसेको फोहोरले बच्चालाई बिरामी गराउन सक्छ। त्यसैले बच्चाको नङको सुरक्षा एवं स्वास्थ्य महत्वपूर्ण हुन्छ। त्यसैले यसको ख्याल गर्नु आवश्यक हुन्छ।
कसरी राख्ने बच्चाको नङलाई स्वस्थ– बच्चालाई फोहोर ठाउँमा खेल्नबाट रोक्नु निकै कठिन काम हो। उनीहरुलाई स्वतन्त्र रुपमा खेल्न रोक्नु पनि हुँदैन। घर नजिक भएका ज्यादा फोहोरहरु आफैंले सफा गरिदिनुपर्छ। जसले गर्दा देख्दै घिन लाग्ने र धेरै दुर्गन्ध फैलिने ठाउँमा बच्चा खेल्न सक्दैन।
त्यसबाहेक सामान्य किसिमका फोहोरहरुबाट त बच्चालाई जोगाउनै मुस्किल हुन्छ। त्यसैले बच्चाहरुलाई नङ र मासुको बीचमा माटो र अरु फोहोर जम्ने गरी लामो नङ बनाउन दिनुहुँदैन। बच्चाहरु खेल्ने ठाउँ वरपर धेरै दुर्गन्ध राख्नुहुँदैन। बच्चाहरुले भुईँमा नै झरेका सामान खाएपनि धेरै फोहोर नलाग्ने गरी पहिले नै ठाउँलाई सफा बनाइराख्नुपर्छ।
बच्चाको नङलाई सफा राख्नको लागि आवश्यक सामग्रीहरुः
नेल कटर– सबैभन्दा पहिले हामीलाई नङ काट्नको लागि नङकटरको आवश्यकता पर्छ। नङकटर पनि बच्चाहरुको लागि नै बनाएको विशेष किसिमको हुन्छ। त्यसैको प्रयोग गर्नुपर्छ।
नेल फाइलर– नङफाइलरको सहायताले हामी बिग्रिएको नङलाई सिधा बनाउन सक्छौं। बच्चाको नङमा पनि यो प्रयोग गर्न सकिन्छ।
सेनिटाइजर– नवजात शिशुहरुको नङका अलावा उनीहरुको हातको समेत देखभाल गर्नुपर्छ। बच्चाको हात सफा गर्ने समयमा सधैंभरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ। नवजात शिशुहरुको नङ छिटो छिटो बढ्ने गर्छ।
यसकारण शिशुको नङमा दुई वा तीन दिनमा एक पटक नबिराई काट्नुपर्छ। नवजात शिशुको नङ उनीहरु सुतिरहेको बेलामा मात्रै काट्नुपर्छ। त्यसले उनीहरुको छालामा समस्या गर्दैन।
बच्चाको नङ टोक्ने बानी कसरी हटाउनेः
धेरै बच्चाको नङ टोक्ने नराम्रो बानी हुन्छ। यसले उनीहरुको स्वास्थ्यमा पनि नकारात्मक असर गर्नसक्छ। त्यसैले यो बानी हटाउनु पर्छ। त्यसको लागि के गर्ने, कस्तो उपाय लगाएर हामी उनीहरुको यो बानी हटाउन सक्छौ त ?
त्यसको केही उपायहरुः
बच्चालाई मन नपर्ने कुरा औलामा लगाइदिने – नङ टोक्ने बानी भएका बच्चाहरुको औलामा उनीहरुलाई मन नपर्ने एवं तीतो स्वाद भएका बस्तुहरु लगाइदिनुपर्छ। यस्तो गर्दा बच्चाहरु पटक पटक औंलामा तीतो स्वाद आएपछि औला चुस्न छाड्छन्। यसरी तीतो पदार्थ राख्दा स्वास्थ्यमा असर नपर्ने किसिमका बस्तुहरु लगाइदिनुपर्छ।
बच्चालाई चपाउनको लागि अरु नै कुरा दिनुहोस् – बच्चाहरुलाई चपाईरहन सक्ने अरु नै कुरा दिएमा पनि यसले बच्चाहरुलाई नङ टोक्नबाट रोक्न सकिन्छ। यसबाहेक नङ काट्ने, औंलामा स्टिकर सहितको ब्याण्डेज बाँधिदिने जस्ता काम गरेर पनि हामी बच्चालाई नङ टोक्नबाट रोक्न सकिन्छ।