काठमाडौं– तितेपातीमा औषधीय गुण हुनुका साथै धार्मिक कार्यमा पनि उपयोग गर्ने गरिन्छ। तितेपाती खानु भन्दा पनि बाहिरी शरिरका अङ्गमा प्रयोग गर्न बढी लाभदायक हुन्छ। जहाँ–तहीँ पाइने तितेपातीमा औषधीय गुण हुन्छ भन्ने कुरा थाहा भए पनि यसको प्रयोगबारे सबैलाई थाहा हुँदैन्, तितेपातीको प्रयोगबारे यहाँ प्रस्तुत गरिएको छ।
तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू बताउँछन्। तितेपातीको प्रयोगले मलेरिया पनि निको पार्न सकिन्छ।
यस्ता छन् फाइदाः
– तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ, कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ।
– सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन। जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ।
– विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ। यति मात्र होइन तितेपातीलाई कूल पूजा प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ। युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ। बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ।
कसरी प्रयोग गर्नेः
तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ। बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन्। बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ।
बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन्।
छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ ।सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ। सबै रोगलाई उपयुक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ।