काठमाडौं– छारे रोग मानिसमा मात्र नभएर पशुमा समेत देखा पर्ने एक प्रकारको नसर्ने मानसिक तथा दीर्घकालिन रोग हो।
यसलाई पहाडमा प्रयजसो छोप्ने ब्यथा पनि भन्ने गरिन्छ। चडिफाउ, मृगी, रिङ्ने, फफडके, एपिलेप्सी, आदी विभिन्न नामहरूले पनि चिनिने यो रोग प्राय जसो कमजोर दिल भएका व्याक्तीहरूलाई बढी हुने अनुमान गरिएको छ।
यो रोगबाट संक्रमित रोगीले कहाँ, कहिले र कतिखेर छोप्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भिडभाड, रंगी विरंगी बस्तु तथा कपडा, आँखा तिरमिराउने चर्को घाम, चर्को आवाज आदी विभिन्न कारणले पनि यो रोगका रोगीहरु अचानक मुर्छा परि लड्ने गर्दछन्।
छारे रोगबारे अहिले पनि हाम्रो समाजमा भूतप्रेतका कारणले लाग्ने रोग, कहिले निको नहुने रोग, सरुवा रोग भन्ने जस्ता थुप्रै यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो रोग कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ। यो रोगबाट जुनसुकै उमेर समूहका मानिसरु संक्रमित हुन सक्दछन्।
विश्व स्वस्थ संगठनका आनुसार विश्वमा १००० जाना मध्ये ४ देखि १० जनालाई छारे रोग हुन्छ, जवकी हाम्रो नेपाल जस्तो मुलुकमा १००० जना मध्ये ४ देखि १५ जनालाई यो रोग देखिन्छ। नेपालमा एक प्रतिशत भन्दा बढी जनसंख्या छारे रोगबाट पीडित छन्।
छारे रोगका कारणहरुः
— वंशाणुगत गुणका कारण,
— मस्तिकमा ईन्फेक्सन भएमा वा ब्रेन ट्यूुर भएमा,
— बच्चा जन्मदा अथवा विभिन्न कारणबाट टाउकोमा चोट लागेमा,
— मस्तिकमा रक्तश्राप भएमा,
—नाम्ले जुकाको अण्डाको संक्रमणले।
छारे रोगका लक्षणहरुः
— मुर्छा पर्ने,
— बेहोस हुने,
— हात खुट्टा तथा शरीर काप्ने,
— आँखा पल्टाउने,
— जिब्रो टोक्ने,
— फिंज काड्ने,
—अनौठो व्यवहार देखाउने।
यसरि केहि बेर हात खुट्टा छटपटाएर मुखबाट र्या्ल काडेर करिब आधा घण्टा सम्म रोगी बेहोस हुन्छ। बेहोस भएका वेला व्यक्तिले दिशा, पिसाब छोड्न सक्छन्।
करिब आधा घण्टा पछि रोगीलाई होस आउँछ। यसरि रोगीमा होस आइसकेपछि शररिमा शक्ति नहुने, थकित हुने मांशपेसी दुख्ने, कमजोरि हुने हुन्छ। कतिपय अवस्थमा त उनीहरु समाज तथा घरपरिवारबाटै अपहेलित हुन्छन्। यो समयमा रोगीलाई छोयो भने अरुलाई सर्न सक्छ भन्ने जन विस्वास पनि रहेको छ। यो रोगबारे गलत धारण हटाई बिरामीको राम्रो ख्याल राख्नु आवश्यक छ।
छारे रोगबाट बच्ने उपायहरुः
— टाउकोमा चोटपटक लाग्न नदिने,
—ज्यादा तनाव नलिने,
—सलाद, काँचो साग, फलफूल बोक्रा फालेर पानीले राम्रोसँग पखालेर मात्र खाने,
—मासु राम्रोसँग पकाएर मात्र खाने यसो गरेमा नाम्ले जुकाको अण्डा सर्दैन।
—मदिरा वा लागुपदार्थ सेवन नगर्ने,
—ज्वरो आउँदा समयमै उपचार गर्ने,
—अनिँदो नबस्ने,
—उमालेको वा निर्मलीकरण गरेको सुद्ध पानी पिउने गरेमा छारे रोगबाट धेरैजसो बच्न सकिन्छ।तर कहिले कहिँ यी सब गर्दा पनि छरे रोग हुन सक्छ। छारे रोग लागेका मानिसहरु जहाँ पनि बेहोस हुन सक्ने भएकोले अर्को घटानाबाट जोगोउन अलि व्यवस्थित ठाँऊमा सार्नु पर्दछ।
यो बेला बिरामीलाई चोट पटक लग्न बाट बचाउने तिर लग्नु पर्दछ। रोगीले लगाई रहेको पोषाकहरुलाई खुकुलो पार्नु पर्छ। रोगी बेहोस भई कामी रहेको अवस्थामा उसलाई सफा र सम्म ठाँऊमा लगेर कोल्टो पारेर सुताउनुपर्छ। मुखमा जम्मा भएको फिँज र र्याल नरम तथा सफा कपडाले पुछिदिनु पर्छ।
हाम्रो समाजमा यो रोग भूतप्रेतका कारणले लाग्ने भन्ने धरणा रहेको पाईन्छ। यस्तो धरणाहरुलाई हटाई रोगीको राम्रो हेरविचार र ख्याल राखि चिकित्सकको सल्लाह आनुसार उपचार गर्नुनै उत्तम उपाय हो।
यसै गरि रोगले छोपि रहेको बेलामा बिरामीको मुखमा औला हाल्ने, मोजा सुघाउने जस्ता गलत धारण पनि रहेको पाइन्छ र यस्तो कार्य नगर्न सुझब गरिन्छ।