एजेन्सी–हामी सबैको घरमा खाना त सधैं पाक्छ तर त्यो खाना एकैपटकमा खाएर सकिन्छ त? कुनै दिन त त्यो सकिएला तर सधै त्यसो नहुन पनि सक्छ। यस्तो अवस्थामा प्रायः जसो मानिस भने त्यसलाई केही समय पछि वा भोलीपल्ट तताएर खाने गर्छन्।
कतिपय अवस्थामा नयाँ खाना बनाउने समय नभएपछि पनि मानिसहरु अघिल्लो दिनको खानालाई तताएर फेरि प्रयोग गर्छन्।
यसो भन्छन् विज्ञहरु
एक पटक फ्याँकिसकेको खानालाई फेरि तताएर प्रयोग गर्नु उतिसाह्रो उचित नहुने विज्ञहरु बताउँछन्। त्यसप्रकारको खानालाई फेरि तताउँदा त्यसमा भएका बिभिन्न तत्व अर्थान् केमिकलहरु परिवर्तन हुने भएकाले सधै त्यसो गर्नुबाट बच्नुपर्छ।
अझ कतिपय विज्ञहरुको रायलाई मान्ने हो भने त त्यसरी फेरि तताइएको खाना खानाले त्यसबाट फूड प्वाइजनिंग समेत हुन सक्छ।
खाना तताइसकेपछि के हुन्छ?
यो कुरा सबैलाई थाहा भएकै हो की खानामा प्रशश्त मात्रामा सही व्याक्टेरियाहरु पाइने गर्छन्। तसर्थ एकपटक पाकिसकेको खानालाई फेरि तताउँदा त्यसबाट फूड प्वाइजनिंग हुने सम्भावना समेत बढेर जान्छ। उदाहरणका लागि चामलमा जीवाणुको विजाणु रहेको हुन्छ भने त्यो पाकेर भात बनिसक्दासमेत पनि जिवित नै रहन्छ।
चामल पाकेर भात भैसकेपश्चात विस्तारै त्यसमा तापक्रम समेत घट्दै जाँदा खानामा रहेको विजाणु ब्याक्टेरियामा परिणत हुन थाल्छ। यस्तो अवस्थामा एकपटक पाकिसकेको खानालाई फेरि तताउँदा उक्त व्याक्टेरिया टक्सिकमा परिणत हुन थाल्छ भने जसले मानिसको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्छ।
यी चीजहरुलाई फेरि कहिल्यै नतताउनुस्
विशेषज्ञहरुका अनुशार बिभिन्न खाद्य पदार्थ मध्य विशेष गरी आलु, चिकेन, चामल, मशरूम, अण्डा, धनियाँ तथा चुकन्दर आदीलाई कहिल्यै पनि फेरि तताएर खानु अनुकुल मानिदैन। त्यस्तै, पालक, धनियाँ जस्ता हरिया सागसब्जीमा आइरन तथा नाइट्रेट्स भरपूर मात्रामा पाइन्छ।
जब हामी यी नाइट्रेट्सहरुलाई फेरि तताउनाले फेरि नाइट्राइटमा परिवर्तन हुने भएकाले त्यो खाना उचित मानिदैन । तसर्थ यस्ता खाद्यान्नहरुलाई सकेसम्म फेरि तताएर कहिल्यै नखाऔं।
उपाय के छ?
हरेक समस्यामा उपाय त भैहाल्छ। तसर्थ आजैदेखि आफ्नो परिवारले वा आफूले एकैपटकमा खाइसक्ने खाना मात्र पकाउन थालौं। खाना बढी पकाएर फालिनुभन्दा वा त्यसलाई फेरि तताएर खानुभन्दा बरु केही कम नै भए पनि अवश्य फरक पर्नेछैन।