काठमाडौं– हृदय सम्बन्धी अनेक रोग लाग्न सक्छ। कतिपय अवस्थामा स्वास्थ्य दिनचर्या र खानपान अपनाएर हृदय रोगको जटिलताबाट बच्न सकिन्छ भने, कतिपय अवस्थामा चिकित्सा विधीबाट यसको उपचार खोज्नुपर्ने हुन्छ। औषधी सेवन, शल्यक्रिया आदि यसका विधी हुन्। यस्तै उपचार विधीमध्ये एक हो, हार्ट बाईपास सर्जरी। यो एक जटिल प्रक्रिया हो।
हार्ट बाइपास सर्जरी के हो त ? कसरी गरिन्छ ? के यसले रोगीको ज्यान बचाउन सकिन्छ ?
हार्ट बाइपास सर्जरीको पुरा प्रक्रिया के हो ?
मुटुको धमनीमा जम्मा भएको बोसोले ठोस रुप लिएर अवरोध र्पुयाएपछि हार्ट बाइपास सर्जरी गरिन्छ। यस किसिमको सर्जरी गर्नका लागि ३ देखि ६ घण्टाको समय लाग्छ।
यसका लागि रोगीलाई बेहोस बनाएर छातीको बीचको हड्डीमा सर्जरी गरेर अवरोध हटाइन्छ, जसले मुटुमा रक्तप्रवाह सही ढंगले हुन सक्छ । शल्यक्रियापछि रोगीलाई आईसीयूमा करिब एक हप्ता राखिन्छ । यस क्रममा उनको रक्तचाप, हृदय गति आदि निगरानी गरिन्छ।
हार्ट बाइपास सर्जरी के हो र किन गरिन्छ ?
हृदयमा रगत र्पुयाउने धमनीमा बोसो जम्न थालेपछि त्यसमा अवरोध पैदा हुन्छ। यस अवरोधलाई विभिन्न उपचारबाट हटाउने कोशिश गरिन्छ। यद्यपि जब यो अवरोध जमेर ठोस हुन्छ, तब यसको उपचार सहज हुँदैन। यसका लागि एकमात्र अन्तिम विकल्प भनेको बाइपास सर्जरी हो। यसका लागि छातीको बीचको हड्डी चिरा पारेर त्यहीबाट मुटुको लागि अवरोध हटाउने प्रयास गरिन्छ।
हृदयको बाईपास सर्जरी कति प्रकारको हुन्छ ?
रगत अवरोध भएको धमनीको संख्या र स्थितिको गंभिरता हेरेर निम्न प्रकारको सर्जरी गरिन्छ।
–सिंगल बाईपास, डबल बाईपास, ट्रिपल बाईपास, क्वाड्रोपल बाईपास
सर्जरी अघि रोगीलाई के गर्नुपर्छः
यो सर्जरी अलि जोखिमपूर्ण भएकाले सर्जरीअघि केही परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो कि, ईसीजी, रक्तचाप आदि। यस्तो अवस्थामा शरीरलाई धेरै तनाव दिने खानपान गर्न हुँदैन। चिकित्सककै सल्लाह अनुसार खानपान गर्नुपर्छ। सर्जरीअघि आवश्यक तयारीका लागि रोगीले चिकित्सकसँग नियमित परामर्श गर्नुपर्छ।
हार्ट बाइपास सर्जरी कति सफल हुन्छ ?
बाईपास सर्जरी सफल हुन्छ वा हुँदैन भन्ने कुरा रोगको प्रकृतिमा भर पर्छ। यो जोखिमपूर्ण सर्जरी भएपछि यसलाई अन्तिम विकल्प पनि बताइएको छ। त्यसैले मुटुको धमनीमा यस किसिमको अवरोध आएपछि सर्जरी गर्नैैपर्ने हुन्छ।
हार्ट बाईपास सर्जरी गरेको कति समयमा रोगी सामान्य दिनचर्यामा र्फकन सक्छ ?
सर्जरी गरेको करिब ६ देखि १२ हप्तामा रोगी ठिक हुन्छ। यसका साथै केही औषधी पनि सेवन गर्नुपर्ने हुन्छ, जसले रक्तप्रवाहमा सघाउ र्पुयाउँछ।
बाईपास सर्जरीपछि व्यक्तिको जीवनमा के परिवर्तन आउँछ ?
यति ठूलो सर्जरीपछि स्वभाविक रुपमा व्यक्तिको जीवनशैलीमा परिवर्तन हुन्छ। किनभने स्वास्थ्य जीवनशैली अपनाउनैपर्ने हुन्छ। ओमेगा ३ र फाइबरयुक्त भोजनमा जोड दिनुपर्छ। हल्का व्यायाम नियमित रुपमा गर्नुपर्छ। तौल नियन्त्रण गर्नुपर्छ। मदिराजन्य पर्दाथ पूर्णत निषेध गर्नुपर्छ।