काठमाडौं– शरीरमा एक प्रतिशतमात्र पानी कम भयो भने ज्यान जोखिममा पर्न सक्छ। किनकी शरीमा पानीको स्तर १० प्रतिशत कम भयो भने व्यक्तिले धमिलो देख्न थाल्छ। ऊ बेहोसीको हालतसम्मै पुग्न सक्छ।
यदि शरीरमा पानी २० प्रतिशतसम्म कम भयो भने यो उक्त व्यक्तिको निधनको कारण समेत बन्न पुग्दछ। यही कारणले गर्दा हरेक व्यक्तिले सधैं आफ्नो शरीरमा पानीको पूर्ती गरिरहनु पर्दछ।
वैज्ञानिक अनुसन्धानहरुका अनुसार एउटा व्यक्ति खानाबिना एक हप्तासम्म जीवित रहन सक्छ, तर पानीबिना ५ दिनभन्दा बढी जीविन रहन सक्दैन। मानिसको शरीरमा एक प्रतिशत मात्रै पानीको कमी भयो भने उसलाई प्यास लाग्न थाल्छ।
५ प्रतिशतसम्म कमी भयो भने शरीरका नसाहरु तथा त्यसको स्टामिना घट्न थाल्छ। त्यस्तो भएको बेला शरीर निकै थाकेको तथा निकै सुख्खा भएको महसुस हुन्छ।
शरीरका लागि पानी कतिसम्म महत्वपूर्ण छ भन्ने कुरा जानौं
इलेक्ट्रोलाइट सन्तुलन– इलेक्ट्रोलाइट्स, सोडियम अथवा पोटासियम मिनरलहरु हुन्। शरीरलाई डिहाइडे्रसन (पानीको कमी)बाट बचाउनका लागि यीनको शरीरमा सन्तुलन भैरहनु निकै अनिवार्य छ।
जस्तो रगतमा पीएचको स्तर बनाइराख्नु, नसाहरुको काम तथा मस्तिष्क तथा शरीरका अन्य अंगहरुका बीचमा सन्तुलन बनाउनु। साधारणतया शरीरबाट धेरै पसिना निस्कनु भनेको शरीरमा इलेक्ट्रोलाइटको स्तरमा कमी आउनु हो, जसका कारणले थकान, रिंगटा लाग्ने समस्याहरु देखा पर्न सक्छ।
हड्डीहरुलाई राख्छ मजबुत– शरीरका हड्डीहरुलाई मजबुत बनाइराख्नका लागि हामीलाई भिटामिन डी तथा क्याल्सियमको साथ–साथै पानीको पनि निकै आवश्यकता पर्दछ। शरीरका सम्पूर्ण जोर्नीहरु जस्तै गोलीगाँठो, कुर्कुच्चा आदिमा नरमपना कायम राख्नका लागि पनि पानी आवश्यक पर्दछ। पानी कम भयो भने प्रौढावस्थामा पनि हड्डीहरुसँग सम्बन्धित समस्याहरु जस्तै आथ्राइटिस, झुकाव, चोट आदि हुनसक्छ।
शरीरको तापमान कायम राख्न– पानीले हाम्रो शरीरमा प्राकृतिक रुपमा तापमानलाई सामाय बनाइराख्ने काम गर्दछ। एउटा सामान्य शरीरको तापमान ३५ डिग्री सेल्सियस अथवा ९८ दशमलव ६ डिग्री फरेनहाइट हुन्छ। त्यसैले जब हामी घाममा उच्च तापक्रममा जान्छौं, हाम्रो शरीरबाट धेरै नै पसिना निस्कन्छ, जसले शरीरको तापमान घट्छ।
बालबालिकादेखि वृद्ध–वृद्धासम्मले हरेक दिन प्रसस्त मात्रामा पानी पिउनु पर्छ, ताकि उनीहरुले राम्रो जिन्दगी जिउन सकुन्। प्रत्येक वयष्क व्यक्तिले एक दिनमा कम्तिमा दुई लिटर तरल पदार्थ पिउनु पर्छ।
यसका साथै पानीको शुद्धतालाई लिएर पनि सतर्कता अपनाउनु पर्छ। धाराको पानी अथवा ट्यांकरको पानी सधैं उमालेर मात्र पिउनु पर्छ। फिल्टर गरिएको पानीको प्रयोग गर्नु पर्छ। जब तपाईं घरबाट बाहिर निस्कनु हुन्छ, पानी बोक्न बिर्सनु हुँदैन।
दुषित पानीले पेटसँगसम्बन्धी समस्याहरु उत्पन्न हुन्छ। यात्राको क्रममा पनि घरबाट नै पानी बोक्नु उचित हुन्छ। अथवा यात्राको क्रममा बोटल बन्द मिनरल वाटरको प्रयोग गर्न सकिन्छ। बोतल बन्द पानी छनोट गर्दा सधैं शिलबन्दी बोतल मात्र किन्नु पर्छ। सधैं त्यस्तो पानी मात्र किन्नु पर्छ जसमा गुणस्तरीयता कायम भएको छाप होस्।
पानी एक वाहक– हाम्रो शरीरको दुई तिहाइ भाग पानी अथवा तरल पदार्थले बनेको हुन्छ। रगत, जसलाई हामी मानव शरीरको जीवनरेखा भन्छौं, त्यसमा पनि ७५ प्रतिशत पानी नै हुन्छ। रगतले शरीरका हरेक अंगसम्म भिटामिन, मिनरल्स, अन्य अनिवार्य पोषक तत्वहरु जस्तै हेमोग्लोबिन, अक्सिजन आदि र्पुयाउने काम गर्छ।
पिसाव पनि हाम्रो शरीरको एउटा महत्वपूर्ण तरल पदार्थ हो, जसले शरीरका खराब टक्सिसहरुलाई बाहिर निकाल्ने काम गर्छ। यदि हाम्रो शरीरमा पानीको मात्रा कम भयो भने शरीरमा बन्ने विषाक्त पदार्थ बाहिर आउन पाउँदैन र त्यसले धेरै प्रकारका समस्याहरु जस्तै छालाको सुख्खापन, कब्जियत, टाउको दुख्ने आदि हुन सक्छ।
संवेदनशील अंगहरुको रक्षा– हाम्रो शरीरका निकै नै संवेदनशील अंगहरु जस्तै आँखा, प्राचन प्रणाली, मुख आदिलाई पर्याप्त पानी आवश्यक पर्दछ। पानीको कमीले सबैभन्दा बढी प्रभाव हाम्रो पाचन प्रकृयामै पर्दछ। खाना पचाउनका लागि मुखमा बन्ने प्यालको ठूलो भूमिका हुन्छ।
जबकी सुक्खा मुखमा चपाउन तथा खानालाई भित्रसम्म र्पुयाउनै समस्या हुन्छ, जसले अपचको समस्या उत्पन्न हुन सक्छ। हाम्रो आँखालाई पनि पानीको आवश्यकता पर्दछ, ताकि आँखामा जम्मा भएका फोहरहरुलाई सफा गर्न सकियोस्।