काठमाडौं– शरीरमा हुने टक्सिन तथा फ्रिरेडिकल्स पनि यो समस्याको कारण बन्दछ। सही समयमा भोजन नगर्नु, राति अबेरसम्म काम गर्नु, जंक फूड धेरै खानु तथा रक्सी, चुरोट, पान मसाला, गुट्खा, खैनी आदि सेवन गर्ने व्यक्तिहरुलाई प्रायः पाचनसँग सम्बन्धित ग्यास, एसिडिटी तथा पेटमा भारीपना हुने, र यसले वृद्ध–वृद्धा, युवा वर्गदेखि बालबालिकासम्मलाई यसले आफ्नो चपेटामा पार्छ।
प्रायः यो लक्षण कमजोर पाचन शक्तिसँग सम्बन्धित कुनै रोग जस्तो कलेजो, ग्याष्ट्रिक, मधुमेह आदिका कारण हुने गर्दछ। यसबाहेक मानसिक पक्षलाई हेर्ने हो भने तनावले पनि पाचन प्रकृयालाई बिगार्न सक्ने सम्भावना उत्तिकै छ, चाहे त्यो तनाव कामसँग सम्बन्धित होस् वा कुनै प्रतिस्पर्धासँग, आयुर्वेद तथा मनोवैज्ञानिकदेखि मानसिक रोगहरुका विभिन्न आयामहरुमा गरिएका भिन्दा–भिन्दै अध्ययनहरुका अनुसार युवा वर्गमा बढिरहेको तनाव अथवा इन्जाइटी पाचनसँग सम्बन्धी समस्याको सबैभन्दा ठूलो कारण मानिएको छ।
व्यायामको अभावः
अचेल बालबालिकाहरुमा समेत ग्यास्ट्रिक, उल्झन, पढाइमा एकाग्रताको कमी आदि समस्याहरु देखिन थालेका छन्। यसको कारण पनि उनीहरुको टिफिनमा फास्ट फूड अथवा जंक फुडको मात्रा बढी हुनु हो।
आउटडोर गेम तथा व्यायामको अभावका कारण मोबाइल, सोसल मिडिया तथा टेलिभिजनमा गेम खेल्नाले बालबालिकाहरुको पाचन शक्तिमा नकारात्मक प्रभाव परेको छ।
अव्यवस्थित जीवनशैली तथा स्वयंको स्वास्थ्यप्रति उपेक्षाका कारण विश्वकै आधाभन्दा बढी जनसंख्या, जसमा महिलाहरुको एउटा ठूलो वर्ग छ, यो समस्यासँग जुधिरहेको छ।
आयुर्वेदले भनेअनुसारको आहार– विहार तथा केही प्रमुख औषधीहरुका साथै एन्टि– अक्सिडेन्टहरुले भरीपूर्ण वस्तुहरु नै यसको राम्रो विकल्प सावित हुन सक्छ।
विषादी तथा कमिकलहरुको अत्यधिक उपयोगका कारण अन्नको पोषक तत्वहरुको गुणवत्ता पनि प्रभावित भैरहेको छ। त्यसैले आहारमा बोक्रा भएको दाल, हरिया पात भएका तरकारी, मैदाको साटो मिश्रति अन्न तथा चोकर भएको आटाको रोटी, पेय पदार्थको साटो दही, मोही, सुप तथा खाना खानुअघि सलादको सेवन उपयुक्त मानिन्छ।
यसका साथै हरेक दिन कम्तिमा एउटा रेसादार फलको सेवनलाई पनि प्राथमिकता दिनु पर्छ। बिहान हल्का उम्लिएको पानीको सेवनले पेटलाई स्वस्थ राख्छ। बिहानको खाजा स्वस्थ जीवनशैलीको एउटा अभिन्न अंग हो, त्यसैले ब्रेकफास्ट नगर्नु पनि कतिपय रोगहरुलाई जन्म दिनु बराबर हो।
भोजनसँग सम्बन्धित सुझावः
भोक नलागी खाना खानै हुँदैन। छोटो–छोटो समयको अन्तरालमा केही न केही खानु पर्छ। लामो समयसम्म फ्रिजमा राखिएको खानालाई तुरुन्तै तताएर खानु हुँदैन। तारेका र भुटेका गरिष्ट खानेकुराहरु, अत्यधिक चिनीयुक्त खानेकुराहरु, कोल्ड ड्रिङ्क्स, मदिरापानबाट जोगिनु पर्छ।
तनावलाई टाढा भगाउनका लागि प्रसस्त मात्रामा निद्रा, प्राणायाम, योगा गर्नु पर्छ। सकारात्मक विचार राख्नाले पनि पाचन शक्ति राम्रो रहन्छ र ग्यास, अमिलो डकार, एसिडिटी, अपच जस्ता समस्याहरुमा राहत पुग्छ। केही आयुर्वेदिक औषधीहरुले पनि यस प्रकारको समस्यामा राहत प्रदान गर्छन्।
ती औषधीहरुले शरीरको रोग प्रतिरोधक क्षमतामा वृद्धि गर्दछन्य। द्यपि, पाचन प्रकृयामा जटिल समस्या देखियो भने कुनै विशेषज्ञ चिकित्सकसँग परामर्श गरेर औषधि लिनु उचित हुन्छ।