काठमाडौं– हामी सधैजसो खसीबोका खरिद गरिरहेका हुँदैनौं। त्यसैले दशैंको लागी कस्तो खसीबोका खरिद गर्नु उपयुक्त हुन्छ भन्ने कुुरामा पनि हामी त्यती अभ्यस्त पनि छैनौं।
खसीबोका खरिद गर्नुअघि केही कुरामा ध्यान दिनुपर्छ। झट्ट हेर्दा तन्दुरुस्त, फुर्तिलो खसीबोका किन्नुपर्छ। मुखबाट र्याल, सिँगान निकाल्ने वा आँखामा कचेरा भएको हेर्दै रोगी जस्तो खसीबोका खरिद गर्नुहुँदैन।
खसीबोका बध गर्नुअघि थोरै सादा पानी दिएपुग्छ। यसले गर्दा अन्न र घाँसपात पाचन प्रक्रियामा जाँदा उत्पन्न हुने विषाक्त पनि त्यसको शरीरबाट बाहिरिन्छ। बध गर्ने स्थान पनि सफा र किटाणुरहित हुनुपर्छ।
खानामा सावधानीः
दशैं भनेकै मीठो मसिनो खाने चार्ड हो। अझ मासु खाने चार्ड पनि हो। तर, अर्को कुरा पनि हेक्का राख्नुपर्छ कि, मान्छेहरु खान नपाएर होइन, खान नजानेर रोगी हुन्छन्। दशैंको खानपानमा भने यो कुरा मनन गरौं। दशैंको रमझमले आफूलाई रोगी बनाउने पो हो कि, ध्यान राखौं।
चाडपर्वमा धेरै थरीका परिकार सेवन गर्दा शरीरमा नुन र चिल्लोको मात्रा बढ्न सक्छ। यसले पाचन प्रक्रियामा पनि हानी गर्छ। रमाइलो गर्ने बाहानामा धेरै समय एकै स्थानमा बसेर वा मध्यरातसम्म खादै बस्नाले स्वास्थ्यमा प्रतिकूल असर र्पुयाउँछ। चार्डपर्वमा एकैचोटी धेरै किसिमका परिकार खाने गरिन्छ, जुन ठीक होइन। कतिपय खानेकुरा आपसमा मिल्दैन र त्यो विषाक्त हुनपुग्छ।
कस्तो मासु राम्रो हुन्छः
रातो मासुभन्दा सेतो मासु स्वस्थ्यका दृष्टिले राम्रो मानिन्छ। जस्तो, कुखुरा र माछाको मासु। कोलेस्ट्रोल तथा मुटुको समस्या भएकाहरुलाई पनि सेतो मासु त्यति हानिकारक हुँदैन। रातो मासुले कोलेस्ट्रोल, फ्याट, युरिक एसिड बढाउने, पेट, ठूलो आन्द्रा, छातीको क्यान्सर हुने सम्भावनालाई बढाउँछ।
रातो मासु सेवन गर्नै नहुने चाहिँ होइन, यद्यपि स्वस्थ्यका दृष्टिले तुलनात्मक रुपमा सेतो मासु बढी स्वस्थ्यकर हुन्छ। मासुको सतह चिपचिपे हुनु, स्वभाविक रंगको साटो फिक्का वा कालो–निलो हुने, ग्याँस उत्पादन हुने र बोसो पग्लेर जाने मासु बिग्रेको हो।
मासुमा सावधानीः
धेरै दिनसम्म फ्रिजमा राखेको मासु स्वस्थ्यकर हुँदैन। पोलेको मासु तथा छोयला, सुकुटी लगायतका परिकारले पेटको क्यान्सर जस्ता खतरा बढाउँछ।
स्वस्थ खसीबोका वा राँगा, कुखुरा लगायतको मासु प्रेसर कुकरमा झोलिलो बनाएर राम्ररी पकाएर खानु उपयुक्त हुन्छ। भुटेर वा सुकुटी बनाएर राखेको मासु पनि संक्रमित हुने जोखिम हुन्छ। बोसोयुक्त मासुको अत्यधिक सेवनले पित्त थैलीको संक्रमण हुने खतरा हुन्छ।