काठमाडौं – एलर्जी मौसमको कारणले पनी हुने गर्छ। धुलो माटो, दुर्गन्ध सुगन्ध, धुवाँको कारण मात्र एलर्जी हुन्छ भन्ने हुँदैन। हामीले दिनहुँ खाने खानाको कारण पनि हामीलाई एलर्जी हुन सक्छ। फलफुल, तरकारी र अन्नका कारण एलर्जी भएको पत्ता लगाउन केही गाहे हुन सक्छ।
एलर्जी हुने कारण हरेक व्यक्तिमा फरक–फरक हुन सक्छ। हाम्रो शरीर कहिलेकाहिं केही पदार्थका कारण संवेदनशील हुन्छ। यी पदार्थको सेवन गर्नासाथ त्यसको असर शरीरमा देखिन थाल्छ। कहिलेकाहिं कुनै पदार्थ खाएको केहि समयमा नै शरीर चिलाउन थाल्छ, रातो डाबर निस्कने जस्ता धेरै कारणहरु हुन सक्छ।
संसारमा करिव ६ प्रतिशत बालबालिकाहरु ४ प्रतिशत खाद्य पदार्थको एलर्जीबाट पीडित छन्।
के हो एलर्जी ?
जब हाम्रो शरीर कुनै कुराप्रति ओभर रिएक्ट गर्छ भने त्यसलाई एलर्जी भनिन्छ। त्यस्तो स्थितिमा हाम्रो इम्यून सिस्टमले केही विशेष कुराहरुलाई स्वीकार गर्न सक्दैन। जसको नतिजा रिएक्शनको रुपमा देखिन थाल्छ। धेरै जसो एलर्जी खतरनाक हुँदैन, तर कहिलेकाहिं यो समस्या गम्भिर पनि हुन सक्छ। एलर्जीका लक्षणहरु यस प्रकार छनः
- छटपट हुनु
-रिंगटा लाग्नु
-जोर्नी अथवा हड्डीको दुखाई र एनीमिया
-पातलो दिशा हुनु अथवा कब्जियत हुनु, पेट दुख्नु र वजन बढ्नु अथवा घट्नु
-आँखा पोल्नु
-महिलाहरुमा महिनावारी अनियमित हुनु
-पातलो दिशा हुनु अथवा कब्जियत हुनु, पेट दुख्नु र वजन बढ्नु अथवा घट्नु
-रिंगटा लाग्नु, जोर्नी अथवा हड्डीको दुखाई र एनीमिया
-महिलाहरुमा महिनावारी अनियमित हुनु
-छालामा निशान बस्नु अथवा चिलाउनु
तरकारी र फलफुलको एलर्जी
तरकारी अथवा फलफुल फलाउनका लागि प्रयोग हुने कीटनाशक औषधीहरुका कारण केही व्यक्तिलाई एलर्जी हुन सक्छ। केही व्यक्तिलाई कीटनाशक औषधीले धेरै एलर्जी हुन सक्छ। जसका कारण त्यस्ता फलफुल र तरकारी खानाले उनीहरुले एलर्जीको सामना गर्नु पर्छ। यदि तपाईंलाई त्यस किसिमको समस्या छ भने तपाई अग्र्या्निक तरकारी र फलफुल खान सक्नु हुन्छ।
त्यस प्रकारको फलफुल र तरकारीमा सिन्थेटिक कीटनाशकहरुबाट मुक्त हुन्छ। यदि त्यसको प्रयोगले तपाईंलाई एलर्जी ठीक हुन्छ भने तपाईं आफुलाई नोक्सान पुर्याउने कुराको सेवन गर्दैन गर्नुहोस्। तर यदि तपाईलाई अग्र्या्निक तरकारी र फलफुल खाँदा पनि एलर्जी कम भएन भने तपाईंलाई कुनै विशेष फलफुल र तरकारीका कारण एलर्जी भएको हुन सक्छ। यदि तपाईंलाई लेटेक्सले एलर्जी हुन्छ भने तपाईले केरा, एवोकाडो, किवी जस्ता फलफुल सेवन गर्नु हुँदैन।
केही व्यक्तिहरुलाई तरकारी र फलफुलको कुनै विशेष रुपमा एलर्जी हुँदैन। जस्तै स्याउको मुरब्बा, एप्पल पाई खाँदा एलर्जी हुँदैन तर ताजा स्याउ खानाले एलर्जी हुन थाल्छ। उच्च तापक्रममा पाक्ने भएकोले तथा एलर्जी उत्पन्न गर्ने प्रोटीन हराउने भएकोले त्यस्तो भएको हुन सक्छ।
अन्नबाट हुने एलर्जी
यस्तो एलर्जी १ सय ५० जना व्यक्तिहरु मध्ये एक जनालाई हुन सक्छ। यसको मुख्य कारण शरीरको ग्लूटेन नामक प्रोटीनलाई अवशोषित नगर्नु हो। त्यसमा जब व्यक्तिले ग्लूटेनयुक्त कुनै खाध्य पदार्थ सेवन गर्छ भने उ बिरामी पर्न सक्छ। त्यो रोगलाई सीलिएक भनिन्छ।
त्यो सानो आन्द्रामा हुने रोग हो। त्यो रोग गहुँ, रायो र जौं जस्ता ग्लूटेन समावेश भएका पदार्थहरुबाट हुन्छ। यो कुनै पनि उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो। त्यस्तो स्थितिमा रोटी, अन्न समावेश भएको खाजा, पिज्जा जस्ता कुनै पनि पदार्थको सेवन गर्नु हुँदैन । किन भने ती चिजहरुमा ग्जूटन हुन्छन्। गहुँको पिठो भन्दा मकै अथवा चामलको पिठो प्रयोग गर्नु पर्छ । त्यस्ता एलर्जीबाट बच्ने उपाय पिडितकै हातमा हुन्छ।