काठमाडाैं — आजकल मानिसहरू अल्छी भएका कारण स्कुटर, बाइक तथा गाडीको धेरै प्रयोगले गर्दा साइकल चढ्ने व्यक्तिहरू धेरै कम मात्रामा देख्ने गरिन्छ। अलिक गरिब परिवारका व्यक्तिहरूले, वा खेल्नका लागि साइकल किनेको वा चलाउने गरेको पाइन्छ। तर, केही ठाउँहरूमा अझै पनि साइलकल चढ्ने मानिसहरूको संख्या उस्तै रहेको छ।
आजकलको ब्यस्त जीवनमा ब्यायाम गर्ने समय नभएकाले साइकल चढ्ने मानिसहरूलाई साइकल चढ्दा स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ भन्ने कमैलाई थाहा होला। अहिलेको समयमा विकसित देशहरूमा समेत स्वस्थ रहनका लागि धेरै मानिसहरूले साइकलको प्रयोग गर्न थालिसकेका छन्। विज्ञहरूका अनुसार अन्य व्यक्तिको तुलनामा दैनिक २० मिनेट साइकल चलाउने व्यक्तिको स्वास्थ्य राम्रो हुने गरेको पाइएको छ।
साइकल महिला, पुरुष तथा जुनसुकै उमेरको व्यक्तिले पनि चलाउन सक्छन्। साइकल चलाउनका लागि कुनै उमेर समूह तोकिएको छैन। विज्ञहरूले साइक्लिङलाई व्यायमको रूपमा नियमित गरेमा स्वास्थ्यलाई फाइदा हुन सक्ने बताउँदै आएका छन्। दैनिक करिब २० मिनेट मात्र साइक्लिङ गर्दा शरीरमा रहेको क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मानिसको तौललाई नियन्त्रणमा ल्याउन मद्दत गर्ने गर्छ।
यदि, बिहान ब्यायाम गर्न समय पुग्दैन भने सबैभन्दा सजिलो व्यायाम साइक्लिङ गर्नु हो।
नियमित साइक्लिङ गर्दा मांसपेशीहरू तथा हड्डीहरू बलिया हुने गर्दछन्। साइकल चलाउँदा पछाडिपट्टीका हड्डी सञ्चालनमा आउने भएकाले ढाड र गर्दनको दुखाइबाट समेत राहत मिल्ने गर्छ। दैनिक साइकल चलाउँदा शरीरमा रक्त सञ्चार राम्रो तरिकाले हुन्छ। रगतमा अक्सिजनको मात्रा राम्ररी पुग्ने हुँदा रक्त सञ्चारमा सुधार आउँछ जसले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ। साइकल चलाउँदा रगतमा चिनीको मात्रा कम हुन जाँदा यसले मधुमेह लाग्नबाट समेत बचाउने गर्छ।
शरीरिक व्यायमको कमीका कारण धेरैलाई मधुमेहको जोखिम हुने चिकित्सकहरूले बताउँदै आएका छन्। दैनिक ३० मिनेट साएक्लिङ गर्ने व्यक्तिहरूमा ४० प्रतिशत मधुमेह हुने खतरा कम हुने फिनल्याण्डमा गरिएको एक अध्ययनले पुस्टि गरेको छ। तनाव, चिन्ता डिप्रेसन, उदासिनता जस्ता मानसिक स्वास्थ्य अवस्थामा समेत नियमित साइक्लिङ गरेमा मनको चिन्ता कम गर्न सकिन्छ।
साइक्लिङका कारण मानिसहरू रमाइलो महशुस हुने हुँदा दैनिक कारणले भएको मानसिक तनावबाट मुक्त हुन सकिन्छ। विभिन्न अनुसन्धानका आधारमा कुनै व्यक्तिले साइकल चलाउँछ भने उसले आफ्नो जीवनलाई परिर्वतन गरिरहेको हुन्छ। किनभने दैनिक साइक्लिङ गर्नाले शरीरको अंग सक्रिय हुने हुँदा क्यान्सरको जोखिम कम हुने गर्छ।