काठमाडौं – कहिले काँही आफूले नचाहँदा नचाहँदै वा झुक्किएर फोटोहरु डिलिड हुन पुग्छन्। तर त्यसको लागि तपाईंले धेरै चिन्ता गर्नु जरुरी छैन। किनकी यसरी हराएका फोटोहरु पुन प्राप्त गर्न सकिन्छ।मोबाइलमा खिचिएका फोटोलाई सुरक्षित गर्ने केही उपायहरु रहेका छन्।
एन्ड्रोइड स्मार्टफोनमा गुगल फोटोज नामक एउटा डिफल्ट एप हुने गर्छ। तपाई आफ्नो आवश्यक फोटोहरु यस एपमा अपलोड गर्न सक्नुहुन्छ। यो गुगल एकाउन्टसँग लिंक हुने गर्छ र यसमा भएको फोटो गुगल एकाउन्टको स्टोरेजमा गएर बस्ने छ।
गुगल एकाउन्टमा रहेको फोटो जहाँबाट पनि लगइन गरेर तपाई हेर्न या डाउनलोड गर्न सक्नुहुन्छ। यदी तपाई आफ्नो स्मार्टफोन परिवर्तन गर्दै हुनुहुन्छ, भने पनि यसलाई डाउनलोड गर्न सक्नुहुनेछ। यसपछि त तपाईको फोटो हराउने चिन्ता दूर हुन्छ।
त्यस्तै अर्को तरिका पनि रहेको छ। तपाईको फोटो डिलिड भएको खण्डमा त्यसलाई रिकोभर वा पुन प्राप्ति का लागि विभिन्न रिकोभर एपहरु र टुलहरुसमेत उपलव्ध छन्। तपाईको फोटो हराएको वा डिलिड भएको मोबाइलबाट उक्त फोटो रिकोभर गर्नका लागि तपाई गुगल प्लेस्टोरबाट तेस्रो व्यक्तिको एप डाउनलोड गर्नुपर्ने हुन्छ।
यो एपको नाम ‘डिस्कदिग्गर’ हो। यसलाई डाउनलोड गरेपछि तपाईलाई फोटो स्क्यान गर्ने अप्शन आउने छ।यसमा क्लिक गरेको केही समय भित्रै तपाईको मोबाईलमा यो एपले सबै फोटोहरु खोजेर ल्याउनेछ।यसबाट तपाईलाई जुन फोटाे चाहिएको हो, त्यो डाउनलोड गर्न सक्नुहुने छ। यसरी तपाई आफ्नो पुरानो डिलिट भएको फोटो फेरि प्राप्त गर्न सक्नुहुनेछ।
त्यसैले फोटो हराएकोमा चिन्तित बन्ने गर्नु भएको छ भने इन्टरनेटमा त्यस्ता फोटाहरु हराएको खण्डमा कसरी प्राप्त गर्न सकिन्छ भनेर खोजी गर्नुहोस् त्यसबाट पनि केही उपायहरु प्राप्त गर्न सकिन्छ।