काठमाडौं –पेलेस एपले असोज ३० गतेदेखि लक्की ड्र मार्फत ५० हजार रुपैयाँ क्यास ब्याकदेखि विभिन्न उपहार दिने योजना ल्याएको छ। कम्पनीका अनुसार पहिलोले ५० हजार रुपैयाँ नगद पाउनेछन्। दुईजनाले २५/२५ सय रुपैयाँको रेष्टुरेण्ट भौचर पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार २ जनाले २५/२५ सय रुपैयाँको जीपलाईनको टिकट पाउनेछन्। एक जनाले ५ हजार बराबरको कपडा पाउनेछ भने १४ जनाले ५/५ सय बरारबरको रिचार्ज पाउनेछन्। यो पेलेसका सदस्यहरुका लागि मात्र लागु हुनेछ। सदस्य बन्नका लागि प्ले स्टोरमा गएर पेलेसको एप डाउनलोड गर्नुपर्नेछ। एपमा गएर ९९ सय रुपैयाँ तिरेर सदस्य बन्नुपर्छ।
९९ सय रुपैयाँ तिरेपछि एउटा क्यूआर कोड जेनेरेट हुन्छ। उक्त क्यूआर कोड देखाएर राजधानीका ५ सय भन्दा बढी आउटलेटमा बर्षभरि छुट पाईने पेलेसका कार्यकारी निर्देशक रोशन राईले जानकारी दिए। उनका अनुसार रेष्टुरेण्ट, सपिङ महल,कपडा पसल, रिफ्रेसमेन्ट सेन्टर,स्पा लगायतका विभिन्न ठाउँबाट छुटको लाभ लिन सकिनेछ।
कम्पनीका अनुसार ७ देखि ३० प्रतिशतसम्म छुट पाईनेछ। जीवन बिमा गर्दा समेत छुट पाईने पेलेसले जनाएको छ। पेलेस एप प्रयोग गरेर इसेवाबाट गर्नेले मात्रै छुट पाउने उनले बताए। कार्यकारी निर्देशक राईका अनुसार पेलेसले आफ्ना सदस्यहरुलाई वार्षिक पाँच हजार बचतको ग्यारेण्टी समेत गरेको छ।
कम्पनीले पचास हजार खर्च गर्दा ५ हजार सदस्यलाई क्यास ब्याक दिनेछ। कम्पनीले गरेको अध्ययन अनुसार काठमाडौमा प्रतिव्यक्ति सपिङ,रेष्टुरेण्ट,रिफ्रेसमेन्ट लगायतको बाहिर खर्च वार्षिक ५० हजार रुपैयाँ छ। राईका अनुसार अहिले ५ सय भन्दा बढीले यो एप प्रयोग गरिरहेका छन् दुई बर्षमा एक लाख प्रयोग कर्ता पुर्याउने उनले बताए। पोखरा र चितवनमा समेत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए।