काठमाडौं – जुन हरेक नयाँ आमा (पहिलो पटक आमा बन्ने महिला) ले गल्तिहरु गरिरहेका हुन्छन्। के तपाईंको घरमा पनि हालै मात्र नवजात शिशुको जन्म भएको छ ?
अनि तपाईं ती नवजात शिशुलाई हेरचाह गर्नका लागि आवश्यक सबै कामहरु गर्नमा व्यस्त हुनुहुन्छ, यद्यपि, ती सबै कामहरुलाई तपाईंले आवश्यकताभन्दा बढि त गरिरहनु भएको छैन, अथवा त्यसको ठीक विपरित काहीँ कुनै कमि त भैरहेको छैन, नडराउनुहोस, हामी यहाँ ती गल्तिहरुको कुरा गर्दैछौं,
अत्यधिक प्रोटेक्टिभ हुनुः
तपाईंले ९ महिनासम्म शिशुलाई आफ्नो गर्भमा राख्नुभएको हुन्छ। त्यसैले शिशु बाहिर आएपछि पनि तपाईंले उसलाई आफूबाट एक क्षणका लागि पनि टाढा राख्न चाहनुहुन्न अथवा पाउनुहुन्न। यो क्रियाकलाप हरेक नयाँ आमाले गरिरहेका हुन्छन्।
तर, तपाईंले यही गल्ति गर्नबाट आफैंलाई रोक्नैपर्छ। संयमता अपनाउनु पर्छ। आफ्ना प्यारा सन्तानलाई उनीहरुको बुवा अथवा हजुरआमाको काखमा राखिदिनलाई अप्ठ्यारो मान्नु हुँदैन। विश्वास गर्नुहोस, उनीहरु सुरक्षित हातमा छन्।
आफ्नो बारेमा ध्यान नै नदिनुः
आमा बन्ने बित्तिकै आफ्नो वजन घटाउनका लागि मेहनत गर्न थाल्नु अनिवार्य छैन। यद्यपि आफ्नो स्वास्थ्यका बारेमा ध्यान दिन भने अति नै अनिवार्य छ। शिशुको हेरचाह गर्दा–गर्दै प्रायः आमाहरु आफ्नै स्वास्थलाई बेवास्ता गरिदिन्छन्।
शिशुलाई हुर्काउनु भनेको निकै थकाई लगाउने काम हो। त्यसैले पूर्ण आराम गर्नु तथा पुरै निद्रा सुत्नु हरेक नयाँ आमाका लागि अति अनिवार्य छ। तपाईं जति धेरै खुशी र स्वस्थ हुनुहुनेछ, तपाईंको शिशुले पनि उत्तिकै राम्रो महसुस गर्नेछ। त्यसैले आराम गर्ने कुनै पनि मौका नछाड्नु होला।
हरेक क्षणको तस्बिर खिच्नः
पहिलो मुस्कानदेखि लिएर पहिलो पटकको उनको रुवाइसम्मको हरेक तस्बिर खिच्ने प्रयासमा कतै तपाईंले ती अनुभवको आनन्द लिन त बिर्सनु भएको छैन, त्यस्ता अवसरहरुका तस्बिरहरु खिच्नुभन्दा अनिवार्य छ उनीहरुको त्यो क्षणलाई तपाईं आफैंले अनुभव गर्नु। उनीहरुका हरेक अनौठा क्रियाकलापलाई महसुस गर्नुहोस् र ती क्षणहरुको आनन्द उठाउनुहोस्।
हरेक कुरामा डराउनुः
के तपाईंको नवजात शिशुले आवश्यकताभन्दा बढि नै उल्टी (भोमिट) गरिरहेको छ, काहीँ उसले धेरै अथवा कम त खाइरहेको छैन, के मेरा शिशु धेरै नै रोइरहेको छ, अथवा अन्य शिशुहरुभन्दा कम रोइरहेको छ, यस्ता हरेक साना–तिना कुराहरुलाई लिएर नयाँ आमाहरु सधैं चिन्तित भईरहन्छन्।
तपाईंले आवश्यकता परेको बेलामा विशेषज्ञको सहयोग नलिनुहोस् अथवा ती स–साना संकेतहरुलाई बेवास्ता गर्नुहोस् भनेर हामी भन्दैनौं, यद्यपि हरेक कुरामा सशंकित हुनु पनि तपाईंहरु दुबै जनाको लागि राम्रो हुँदैन। शिशुलाई ठूलो भैरहेको हेर्न तथा त्यसको आनन्द उठाउनका लागि आफ्ना चिन्ताहरुलाई केही कम गर्नुपर्छ।
पुस्तकहरुलाई मात्र विश्वास गर्नुः
बालिबालिकाको लालन–पालन सम्बन्धि जानकारीहरु समेटिएका पुस्तकहरु निकै उपयोगी हुन्छन्। ती पुस्तकहरुमा निकै राम्रा जानकारीहरु समेटिएका हुन्छन्। तर, ती पुस्तकहरुलाई आँखा चिम्लेर पछ्याउनु उचित होइन। हरेक व्यक्तिको स्थिति फरक–फरक हुन्छ। जब शिशुलाई हुर्काउने प्रसंग आउँछ, त्यो बेला आफ्नो मनको कुरामा पनि विश्वास गर्नुपर्छ।