काठमाडौं - नियमित वाक्सिङ गर्नाले ३–४ हप्तासम्म रौं उम्रँदैन, साथै रौं पनि पातलो हुँदै जान्छ। छालालाई सुन्दर, कोमल र अनावश्यक रौंबाट मुक्त बनाउनका लागि वाक्सिङ जस्तो राम्रो उपाय अरु केही हुँदैन। यसले केवल अनावश्यक रौं हटाउने मात्र नभएर छाला कडा हुने समस्या पनि हट्छ।
वाक्सिङ गरेपछि छाला करिव दुई हप्तासम्म मुलायम रहन्छ। वाक्सिङ गरेपछि उम्रेको रौं छोटो र कोमल हुन्छ। वाक्सिङ विभिन्न किसिमको हुन्छ, जसलाई तपाई आफ्नो सुविधा अनुसार प्रयोग गर्न सक्नु हुन्छ।
सफ्ट वाक्सः
यो वाक्स सबैभन्दा लोकप्रिय र बढि प्रयोग हुने वाक्स हो, जुन मह र चिनीको घोलले तयार पारिन्छ। यसले अनावश्यक रौं हटाउनुको साथै कडा छालालाई पनि हटाउँछ। यसले छालालाई नरम र चम्किलो बनाउँछ।
चकलेट वाक्सः
चकलेटमा छाला चम्काउने तत्व पाइन्छ, जसले शरीरलाई रिल्याक्स प्रदान गर्छ। कोको पाउडर बेस्ड वाक्सले रौं पूर्ण रुपले हट्नुका साथै रातो डाम पनि बस्दैन। यो वाक्स संवेदनशील छालाको लागि पनि उपयुक्त हुन्छ।
एलोभेरा वाक्सः
एलोभेराको लेदोबाट बनेको यो व्याक्सले छालालाई पोषण दिनुको साथसाथै सुन्दर पनि बनाउछ। यस प्रकारको व्याक्स शरीरका त्यस्ता अंगहरु जुन अति नै सम्वेदनशील हुन्छ, जस्तै अन्डर आम्र्स र बिकिनी पार्टका लागि अति नै उपयुक्त हुन्छ।
लिपोसोल्यूबल वाक्सः
यो वाक्स अयल बेस्ड हुन्छ, यसले रौंलाई जराबाट नै हटाउनुको साथै छालाको लागि पनि उपयुक्त हुन्छ। यो वाक्सलाई प्रयोग गर्नु अगाडि छालामा तेल लगाइन्छ र रौंलाई हटाउनको लागि स–साना स्ट्रिप्स प्रयोग गरिन्छ। यस प्रकारका वाक्स धेरै तातो भयो भने पनि यसले छालालाई कुनै किसिमको हानी पुर्याउँदैन।
ब्राजीलियन वाक्सः
यो पनि हार्ड वाक्सको एउटा किसिम हो,जुन विशेष गरेर बिकिनी एरियाको लागि नै बनाइएको हो, यसले अनावश्यक रौं हटाउँछ। वाक्सिङको क्रममा हुने पीडालाई कम गर्नको लागि यो वाक्स छिट्टो गर्नु पर्छ।
ध्यान दिनु पर्नेः
वाक्सिङ गर्नु अघि र गरीसकेपछि केही सावधानिहरु अपनाउनु आवश्यक छ। वाक्सिङ गर्दा छाला पोल्न सक्छ, रातो डाम बस्न सक्छ साथै छालामा संक्रमण पनि हुन सक्छ जहाँ वाक्सिङ गरिएको छ, त्यहाँ पीडा हुनु, छाला पोल्नु, छालाको रंगमा परिर्वतन आउनु, पत्र–पत्र निस्कनु, छाला चिलाउने जस्ता विभिन्न किसिको समस्याहरु पनि हुन सक्छ।