काठमाडौ – ल्यापटक तथा कम्प्युटर मानिसहरुका लागि अतिरीत्त आवश्यता पर्ने भएकाले प्रविधिको जमानामा आफ्ना कामहरुलाई छिटो–छरितो र गुणस्तरीय बनाउन यी सामानहरु अनिवार्यजस्तै हुन्छन्।
ल्यापटप तथा कम्प्युटर केही विशेष कुरामा ध्यान दिइएन भने छिटो निर्णयले पछुताउनु शिवाय केही हुँदैन। पैसाको नास एकातिर हुन्छ भने अर्को तिर तपाइले खोजेको काम गर्न सक्नुहुन्न। ल्यापटपले निकै तनाब दिन थाल्छ।
आधिकारिक डिलरबाट ब्रान्डेड मात्र किन्नुपर्छ। खुद्रा पसल वा अन्य मानिसमार्फत किन्दा नक्कली पर्न सक्छ। फिचर्स अनिवार्य हेर्नुपर्छ। स्पिड राम्रो भएको उच्चस्तरीय ल्यापटपमा मल्टिकोर प्रोसेसर आवश्यक हुन्छ। जसमध्ये इन्टेल र एएमडी प्रोसेसर भएको ल्यापटप राम्रो हुन्छ। अर्को महत्वपूर्ण कुरा अपरेटिङ सिस्टम हो। त्यसैले जहिले पनि प्रिलोइड अपरेटिङ सिस्टम भएको मात्र किन्नुपर्छ।
उच्च सञ्चय क्षमता स्टोरेज क्यापासिटी भएको ल्यापटप राम्रो हुन्छ। जसमा पनि फ्लाइस ड्राइभयुक्त उपयुक्त हो। यस्तोमा डाटा नष्ट हुने सम्भावना हुँदैन।
अफिस वा घरका लागि हो भने ठूलो साइजमा किन्न सकिन्छ। ठूलो स्क्रिनमा काम गर्न पनि सजिलो हुन्छ। प्रयोगका हिसाबले उपयुक्त आकार र डिजाइन छनोट गर्नु आवश्यक हुन्छ।