एजेन्सी- एक जना अष्ट्रेलियाली वैज्ञानिकले मानव शरीर मरेको एक वर्षसम्म उल्लेखनीय रुपमा चलायमान हुने प्रमाणित गरेकी छिन्। एक केश अध्ययनमा शवको हात सुरुमा शरीरको नजिक गएर पछि फैलिएको थियो।
१७ महिनासम्म शवको हलचल अध्ययन गरेर खिचिएको फोटोको अनुसन्धान गरेर एलिसन विल्सनले मानिस मृत्युपछि शान्तीसँग नरहने पत्ता लगाइन् यो खोजको निष्कर्षलाई विश्वभरी प्रहरी अनुसन्धानदाता र प्याथोलोजीहरुले प्रयोग गर्न सक्छन्।
शरीर कुहिँदै जम्दै जाँदा र जोर्नी जोड्ने लिगामेन्ट सुक्दै गएपछिको प्रक्रियाबाट शरीर हलचल गर्न थाल्छ,उनले अध्ययनको लागि प्रयोग गरेको शरीर दक्षिणी गोलाद्र्धमा रहेको एक मात्र ‘ह्यूमनको फार्म’मा राखिएका ७० मध्ये एक शव थियो।
विल्सनले ‘फार्म’ सिड्नी सहरको बाहिरी भागमा रहेको घाँसे मैदानमाझ रहेको एक गोप्य स्थानमा छ। शवको निगरानी गर्नको लागि आफू बस्ने स्थान केर्नबाट प्रत्येक महिना तीन घण्टाको उडान गरेर सिड्नी जान्थिन्।
शवको चलायमान अवस्था र कुहिने दरको थप बुझाईलाई अज्ञात शवको मरेको समय पहिचान गर्न प्रहरीले प्रयोग गर्न सक्छ।
उनको खोज हालसालै ‘फोरेन्सिक साइन्स इन्टरनेशनः सिनर्जी’ जर्नलमा प्रकाशित छ। आधिकारिक रुपमा ‘अस्ट्रेलिया फ्यासिलिटी फर टफोनोमिक एक्सपेरिमेन्टल रिसर्च’ नामक उक्त संस्था मृत्युपछिको हलचलबारेको अनुसन्धानमा अग्रणी फार्म हो।
अनुसन्धानदाताले मानव शरीर उलेख्य चलायमान हुने पत्ता लगाएका थिए। विल्सन र उनका सहकर्मीले मरेको समय पहिचान गर्नको लागि प्रयोग गरिने प्रणालीलाई सुधारको लागि ‘टाइम–ल्याप्स’ क्यामेराको प्रयोग गरेका थिए।
तिनले आपराधिक घटनालाई नक्सांकन गर्नेछन्। त्यस्तै तिनले मृत्युको समयमा शरीर हुन अवस्थामा थियो भन्ने नक्सान गर्नेछ। यसले प्राप्त जुनसुकै भौतिक प्रमाणलाई पनि नोक्सान गर्नेछन् र यी सबैले मृत्युको कारण बुझ्न सहयोग गर्छ,’ विल्सनले भनिन्।
सानोमा गाईवस्तुको गोठमाझ हुर्किएको र जीवजन्तु मरेको र मरेपछि तिनको प्रक्रिया देखेर मलाई यसमा चाख बसेको हुनसक्छ,’ उनले भनिन्। ‘एकपटक अर्कै अनुसन्धानमा मैले शवको हलचल अवलोकन गरेको थिएँ। खोजी गर्दा यो विषयमा पत्ता लागेको हो। मैले विश्वको अन्य भागमा यो पाउन सकिन। त्यसपछि मैले यस विषयमा अनुसन्धान गर्ने सोचें,
सीक्यु विश्वविद्यालयबाट अपराधशास्त्रमा अध्ययन गरेकी विल्सनले यो अनौठो परियोजना माया–युगको अस्थिपञ्जरको अवशेषको वर्गिकरण सघाउन मेक्सिको पुगेपछि सुरु भएको हो।
‘बाल्यकालदेखि नै मृत्युसम्बन्धी मेरो चाख थियो। त्यसमा पनि मृत्युपछि शरीर कसरी अवशेष बन्छ भन्नेमा पनि मेरो चाख थियो एकपटक अनुसन्धानमा मैले शवको हलचल अवलोकन गरेको थिएँ। खोजी गर्दा यो विषयमा मैले त्यसपछि यस विषयमा अनुसन्धान गर्ने सोचें,’ विल्सनले भनिन्।