काठमाडौं– शरीरलाई स्वस्थ राख्नको लागि शारिरीक परिश्रमसहित खानपानको विशेष भूमिका हुन्छ।पछिल्लो समय व्यस्त जीवनशैली, शारिरीक परिश्रमको अभाव, खानपानका कारण मानिसहरु रोगी बन्दै गएको चिकित्सकहरु बताउँछन्।
त्यसका लागि शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ। धेरै किसिमका रोगहरु खानपानमा ध्यान नदिँदा र नजान्दा लाग्ने गरेका छन्।केही रोग वंशाणुगत रुपमा पनि तपाईको शरीरमा आएको हुन्छ, तर खानपानले त्यसलाई नियन्त्रण गर्न सकिन्छ।
खानालाई सन्तुलित गर्न सकियो र नियमित रुपमा व्यायाम गर्न सकिएको खण्डमा धेरै किसिमका रोगहरुबाट मुक्ति पाउन सकिन्छ, हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेत विशेष भूमिका रहेको हुन्छ। बेलुका ८ बजेभित्र खाना खाइसक्नु पर्छ।
बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ। धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ। बेलुकाको खाना खाएपछि तुरुन्तै सुत्नु हुँदैन।बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ। दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ।
बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ। खाना खाएपछि कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ। माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ। माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ। बेलुका माछा नखानु उत्तम हुन्छ।
तर, नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानि भने हुँदैन।त्यस्तै खानाका साथमा पानीको मात्रापनि बढाउन जरुरी छ। धेरै समस्याहरु पर्याप्त पानी पिउनाले पनि समाधान हुन्छ। शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ।
घ्यु, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ। खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ। बजारमा पाइने विभिन्न तेलहरुको प्रयोगमा ख्याल गर्न जरुरी हुन्छ। दैनिक तिनदेखि पाँच गम भन्दा बढि नुन प्रयोग गर्नु हुँदैन।
फाइबर युक्त खानाहरु गहुँ, गेडागुडि, हरियो सागपात खानुपर्छ। गेडागुडिलाई अंकुरित रुपमा खानु अझ बढि लाभदायक हुन्छ। फापर, कोदो, जाै, मकै ले पनि मुटुलाई फाइदा गर्छ। बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ। यसले रगतको कोलेस्टोल घटाउँछ, साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पार्दछ। मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन।