काठमाडाै- पोषणले मानिसको जीवनमा ठुलो समस्या ल्याउँछ भन्ने बारेमा कतिलाई थाहा छैन भने कति थाहा भएर पनि वास्ता गर्दैनन्। पोषणका बारेमा कुरा गर्ने हो भने नेपालीहरूको खानेकुरा एकदमै राम्रो हो।
भात, दाल, तरकारी, अचार, दही, दूध, कोदो, फापर, गहुँ, धान, मकैबाट शरीरलाई चाहिने कार्बाेहाइड्रेड र प्रोटिन पाइन्छ। तर समस्या के छ, भने एकातिर कुपोषण त छँदै छ, अर्काेतिर हाम्रा स्थानीय खानेकुरालाई प्रयोग नगर्दा मानिसहरू मोटोपनको सिकार भएका छन्।
स्वास्थ्य सम्बन्धी पछिल्लो अध्यनले २३ प्रतिशत पुरुष र १७ प्रतिशत महिला मोटोपनको सिकार भएको पाइएको छ।
धेरै बालबालिकालाई खाजाका लागि ५० देखि सय रुपियाँसम्म पैसा दिएर पठाउने, अभिभावकले विद्यालयमा छोराछोरी खाजा के खान्छन् भन्ने कुराको खोजी नगर्दा ९० प्रतिशत बालबालिकाले चाउचाउ लगायतका जङ्कफुड खाने गरेको पाइएको छ।
यस्ता खानेकुराले बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या देखिने गरेको छ। चाउचाउ, कुरमुरे, चिप्स जस्ता खानेकुरा मोटोपनको प्रमुख समस्या हो। गाउँघरमा मकै, भटमास, चना, चिउरा खाने बानी बिस्तारै हट्दै बजारमा पाउने प्याकेटको खानेकुरालाई प्राथमिकता दिँदै जाने हो भने अबको ५ देखि १० वर्षमै ५० प्रतिशत मोटोपनको समस्या र मोटोपनले बालबालिकामा बिस्तारै चिनी रोग र रक्तचापको समस्या, वयस्कमै मधुमेह, ३० देखि ४० वर्षको उमेरमा घुँडा दुख्ने, कम्मर दुख्नेलगायतका धेरै समस्या देखिन्छन् ।
पुड्कोपन कम गर्न जान्नुपर्ने उपाय
पुड्कोपन कम गर्न गर्भवती हुँदादेखि नै कम्तीमा पनि ४ पटक गर्भजाँच गर्ने। टीटीखोप लगाउने, आइरन, औषधि लगायत औषधि सेवन गर्ने। अन्य समयको भन्दा थप खानेकुरा खाने।
खानमा पहेँलो फलफूल, सागसब्जी, दहीदूध, अण्डा, माच्छामासु बढी सेवन गर्ने। गर्भवतीलाई जति स्याहार गर्न सक्यो बच्चा त्यति नै स्वास्थ्य जन्मिने हुँदा पुड्कोपनबाट जोगिनका लागि पनि गर्भअवस्थामा विशेष ध्यान दिनुपर्छ।
गर्भवस्थामा आमालाई खुशी पार्न सकेको छैन भने बच्चालाई पनि असर पर्छ। गर्भवती बेलामा कसैले मन दुखाइदिनुभयो भने गर्भमा भएको शिशुको पनि मन दुख्छ। त्यस्ता बच्चापछि छिटो रिसाउने खालका हुन्छन्।