काठमाडौं– विहान खाली पेटमा जीरा पानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने प्रतिरोधको रक्षा जस्ता समस्याको समाधान हुने विज्ञहरु बताउँछन्। यदि तपाई यस्ता समस्या, पेट बढ्ने जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने २० दिनसम्म जीरा पानी नियमित खानुपर्छ।
जीरालाइ तौल घटाउने चमत्कारिक पेय पदार्थको रुपमा लिइन्छ। यदि तपाई यस्ता समस्या, पेट बढ्ने जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने २० दिनसम्म जीरा पानी नियमित खानुपर्छ। रातभरी भिजाएको जीराको दाना विहान राम्रोसँग भिजाइसकेपछि र राम्रोसँग फुल्लिएपछि जीराको दानामा भएको पौष्टिक तत्व बाहिर निस्किन्छ र पानीमा घुल्छ। जसले गर्दा पानीको रंग पहेँलो रङमा बदलिन्छ। जीरा पानी बनाउनको लागि जीरा ,सीसाको गिलास, स्टेनलेस स्टील वा तामाको कचौराको पनि प्रयोग गर्न सकिन्छ।
क्यालोरी घटाउन
एक चियाचम्चा जीरामा क्यालोरीको मात्रा ७ प्रतिशत हुन्छ। यदि तपाईले एक गिलास जीरा पानी पिउनुभयो भने अन्य क्यालोरीयुक्त खाना खान आवश्यक हुँदैन। यद्यपि उक्त क्यालोरी घटाउनको लागि अतिरिक्त काम गर्न आवश्यक भने हुँदैन।
अनावश्यक रेडिकललाई हटाउँछ
अध्ययनका अनुसार, जीराको दाना एन्टिअक्सोडन्टस् हो जसले अक्सिजनमा हुने खतरनाक अनावश्यक रेडिकललाई कम गर्न मद्दत गर्छ। जीराका दाना भिटामिन ‘ए’ र ‘सी’को राम्रो स्रोत हो। र यी दुई भिटामिन एन्टीअक्सीडेन्ट पनि हुन्।
मेटाबोलिज्मको मात्रा बढाउँछ
यदि तपाईंको शरीरमा मेटाबोलिज्मको मात्रा कम छ भने विना मोटोपननै शरीरमा मेटाबोलिज्मको मात्रा बटाउँन सकिन्छ। जीरा पानीमा भिटामिन र मिनरल पाइन्छ। जसले विविध तरिकाले मेटाबोलिज्मले गर्ने काम गर्छ। साथै जीरा पानीले कोशिकालाई सक्रिय बनाउँन र फुल्लिन मद्दत गर्छ। अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार जीरा पानीले मेटाबोलिज्मको मात्रा बढाउन, अत्याधिक मोटोपनमा हुने बीएमआइ घटाउन मद्दत गर्छ।
पाचन प्रणालीमा सुधार
जीरा पानीले पाचन प्रणाली र पेटमा भएको बावलको सञ्चालनको लागि निकै महत्वपुर्ण भूमिका खेल्छ, पाचन प्रक्रिया स्वस्थ हुनुनै मेटाबोलिज्मको मात्रा बढ्नु हो साथसाथै तौल घट्नु पनि हो। जीरा पानीले निरन्तर पाचन प्रक्रियामा एन्जामाइनलाई प्रभाव पार्ने र ब्लोटिङ घटाउने काम गर्छ।
इन्सुलिनमा संवेदनशीलता बढाउँछ
रगतमा ग्लुकोजको मात्रा बढ्दै गयो भने शरीरले इन्सुलिनको मात्रा नियन्त्रण गर्न सक्दैन र मधुमेह, पीसीओ र बाँझोपनको समस्या निम्तिन सक्छ। त्यसैले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न आवश्यक हुन्छ। अमेरिक वैज्ञानिकहरुले जीराको तेलले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्छ भन्ने कुरा पत्ता लगाएका छन्।
आवश्यक सामाग्री
एक चियाचम्चा जीरा, एक कप पानी, आधा चम्चा कागतीको रस
कसरी तयार गर्ने
दुई चिया चम्चा जीरालाई एक कप पानीमा रातभरी भिजाउने। विहानीपख जीरा पानी छान्ने र पानीमा कागतीको रस घोल्ने। राम्रोसँग घुलेपछि जीरा पानी पिउने।
फाइदा
कागती भिटामिन ‘सी’ को मुख्य स्रोत हो। जसले तपाईको रोगप्रतिरोधात्मक क्षमतालाई बढाउँछ। शरीरमा टक्सीनको मात्रालाई कम गर्छ र शरीरको आन्तरिक पीएचलाई सन्तुलनमा राख्छ। जीरा पानी तौल घटाउनको लागि निकै फाइदाजनक हुन्छ। यो बनाउन र प्रयोग गर्न पनि सहज हुने भएकाले दैनिक यसलाई खान सकिन्छ।