काठमाडौं– धेरै कारणले योनी चिलाउने गर्छ। त्यसैले तपाईंको योनी के कारणले चिलाउने गर्छ भन्ने जान्न अति नै आवश्यक हुन्छ। योनीको चिलाई सेक्सुअली ट्रान्समिटेड डिजीज जस्तो खतरनाक पनि हुन सक्छ।
त्यसैले यसको सही कारण पत्ता लगाएर समयमै उपचार गराउनु अति नै आवश्यक हुन्छ। हरेक उमेरको महिलाहरुलाई योनीको बाहिरी तथा भित्री भागहरु चिलाउने समस्याले ग्रसित बनाएको हुन्छ। ती भागहरुमा चिलाउन कम नभएसम्म यसले आपत नै पर्छ।
महिलाहरु यो समस्याको बारेमा खुलेर बताउन संकोच मान्ने गर्दछन्। सबैका अगाडि कन्याउन अफ्ठ्यारो समेत हुन्छ र नकनाउँदा त्यसले तनाव उत्पन्न गर्छ।
छालाको इन्फेक्सनः
यदि तपाईको योनीको बाहिरी भागमा चिलाउने अथवा रातो दाग जस्तो छ भने यो एक किसिमको छालाको इन्फेक्सन हुन सक्छ। यो रेजर, टाइट पेन्टी अथवा पसिनाको कारण पनि हुन सक्छ।
तपाईंलाई कस्तो प्रकारको इन्फेक्सन भएको हो भन्नेबारे तुरुन्त चिकित्सकको सल्लाह लिन आवश्यक छ। चिकित्सकहरुले बताएअनुसार टेस्टहरु नेगेटिभ आए भनेमात्र त्यो छालाको इन्फेक्सनको कारण हो भन्ने निश्चित हुन्छ।
योनी चिलाउनुको कारण छालामा हुने इन्फेक्सन एक हो। महिलामा यस्तो समस्या के कारणले उत्पन्न हुन्छ, के यो इस्ट इन्फेक्सन हो, यो समस्याबाट कसरी छुटकारा पाउने भन्ने, प्रश्नहरु मनमा उठ्नु स्वभाविक नै हो। तर, योनी चिलाउनुको कारण इस्ट इन्फेक्सनले मात्र हुँदैन भन्ने कुरा महिलाहरुले बुझ्न आवश्यक हुन्छ।
त्यसबाट जोगिनका लागि तपाईंले हरेक पाँच पटकको प्रयोगपछि रेजर परिवर्तन गर्नु पर्छ, राति सुत्ने बेलामा टाइट पेन्टीको साटो खुकुलो पहिरन लगाउनु पर्छ र पसिनाबाट लत्पतिनु भएको छ भने नुहाएर तुरुन्त कपडा फेर्नु पर्छ,
यसबाहेक आफ्नो योनीको वरिपरिको भागलाई सुक्खा राख्नु पर्छ। यति गर्दा पनि चिलाउन छाडेन भने त्यसमा भ्यासलिन अथवा नरिवलको तेल दिनहुँ लगाउनु पर्छ, यसले चिलाउने समस्याबाट छुटकारा दिलाउँछ ।
यौन सम्पर्कपछिको समस्याः
यौनी भित्रको सुख्खापनका कारण त्यो भागमा इरिटेसन हुने अथवा चिलाउने हुन सक्छ। यसबारेमा चिकित्सकहरुको के सुझाव के हुन्छ भने आर्टि्फिसियल लुब्रिकेन्टको साटो नरिवलको तेलको प्रयोग गर्न सकिन्छ।
तर, नरिवलको तेल त्यो बेला प्रयोग गर्नु हुँदैन, जतिबेला तपाईंले कण्डमको प्रयोग गरिरहनु भएको छ। नरिवलको तेलले कण्डमलाई फुटाउन सक्छ, त्यस्तो अवस्थामा तपाईंले राम्रो गुणस्तरको बासना आउने कण्डम प्रयोग गर्न सक्नु हुनेछ।
महिनावारी बन्द हुने बेलाको समस्याः
त्यस्तो बेला, जब तपाईंको एस्ट्रोजेनको स्तर निक कम हुन्छ, अर्थात तपाईंको मेनोपज (मासिक श्राव रोकिने उमेर) को बेला, त्यतिबेला योनीको पीएच ब्यालेन्स पनि परिवर्तन हुन्छ।
त्यस्तो बेला योनीका भित्री तहहरु पातला तथा सुख्खा हुन्छन्। जुन सामान्य रुपमा चिलाइका कारण बन्न सक्छन्। त्यसलाई भेजाइनल एट्रोफी भनिन्छ।
त्यसको मुख्य कारणहरुमा चिलाउने, इरिटेसन हुने तथा यौन सम्पर्क राख्दा पीडा हुने समस्या उत्पन्न हुन्छ। यसको उपचारका लागि तपाईंले चिकित्सकको सल्लाह लिनु पर्छ। उनीहरुले सुझाएका औषधीहरुले नै तपाईंलाई आराम मिल्ने छ।
साबुनको एलर्जीः
योनीको आफ्नै एउटा वासना हुन्छ, यदि त्यो वासनाको साटो तपाईंले अर्कै प्रकारको गन्ध महसुस गर्न थाल्नु भयो भने तुरुन्त चिकित्सकसँग सल्लाह गर्नु पर्छ। शायद तपाईंलाई थाहा छैन होला, योनीको सरसफाइका लागि साबुनको प्रयोग गर्नै हुँदैन।
यदि गर्नु भयो भने त्यसले योनीको नेचुरल ब्याकटेरियल ब्यालेन्स बिग्रन सक्छ। चिकित्सकहरुका अनुसार योनी तथा त्यसको वरपर प्रयोग गरिने कुनै पनि प्रोडक्टहरु वासनादार हुनु हुँदैन।
ती प्रोडक्टहरुले योनीको ब्याक्टेरिया ब्यालेन्स बिग्रन्छ। यसबाहेक योनीलाई भित्रबाट सफा गरिरहनै पर्दैन, किनभने योनीले आफैं त्यसको सफाइ गरिरहेको हुन्छ।
ब्याक्टेरियल भेजिनोसिसः
यो कुनै पनि उमेरका महिलालाई अर्थात २५ देखि ३५ वर्षका महिलाहरुलाई यो समस्या अत्यधिक हुने गर्दछ। ब्याक्टेरियल भेजिनोसिस योनीको निकै सामान्य इन्फेक्सन हो र यो समस्या ब्याक्टेरियाको इन्फ्लेमेसनको कारण हुन्छ।
यस्तो अवस्थामा कण्डमविना गरिएको यौन सम्पर्कले थप समस्या पैदा गर्छ। यस्तो बेला चिलाउने समस्याका साथै योनीबाट खैरो रंगको तरल पदार्थ समेत निस्कन्छ, जसबाट माछाको जस्तो गन्ध आउँछ।
यदि तपाईंले त्यस्तो अनुभव गर्नु भयो भने तुरुन्त चिकित्सकसँग सम्पर्क राख्नु पर्छ ब्याक्टेरियल भेजिनोसिसको इन्फेक्सन भयो भने एन्टिबायोटिक नै खानु पर्ने हुन्छ।
इस्ट इन्फेक्सन भयो भनेः
इस्ट इन्फेक्सनका लक्षणहरुमा योनीमा जलन तथा चिलाउने गर्छ, यदि तपाईंलाई पहिलो पटक इस्ट इन्फेक्सन भएको जस्तो लक्षण देखिएको छ भने तपाईंले चिकित्सकलाई भेट्नु पर्छ, ताकि कुनै खतरनाक इन्फेक्सनको सम्भावना नहोस्।
इस्ट इन्फेक्सन भएको पत्ता लागेपछि मात्र चिकित्सकले तपाईंलाई औषधी दिइछ। यौन सम्पर्क गर्ने बेला अथवा पिसाव गर्ने बेला, योनीबाट पानी बग्ने अथवा पनीर जस्तो सेतो पदार्थ निस्कने समस्या पनि आउछ।
चेतावनीः
योनीमा कुनै पनि प्रकारको चिलाउने समस्या देखियो भने सबैभन्दा पहिला चिकित्सकलाई भेटेर इन्फेक्सन भए–नभएको पत्ता लगाउनु पर्छ। जब चिकित्सकले चिलाउने कारणहरु बताउँछन्। त्यसपछि मात्र उनकै सल्लाह अनुसार तपाईं घरेलु उपचारसमेत गर्न सक्नु हुनेछ।