काडमाडौं – धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ। यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दम को समस्यासँगै सास लिन पनि असहज गराउँछ। धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो र कपको समस्या पैदा गर्छ।
यसैगरी, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक मानिन्छ। धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ। भने यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने, पोल्ने जस्ता समस्या देखापर्छ।
नेपालीहरुको घरमा सामान्यताः पूजाआजा गर्ने गरिन्छ। पूजा आरधना गर्दा धूप अनिवार्य बाल्ने प्रचलन छ, यसको सुगन्धले घरलाई शुद्ध बनाउँछ भन्ने परम्परा रहेको छ, हिन्दु धर्मालम्बीहरुमा विशेषतः धूप बालेर भगवान लाई खुशी बनाउँन सकिन्छ भन्ने विश्वास रहेकोछ।
चीनमा गरिएको एक अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि खतरनाक हुने बताएको छ, धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउने बताइएको छ।
चिनियाँ अध्ययनको अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ, धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना–मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छ।
अनुसन्धानमा बताएअनुसार धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुन्छन्, जसले गर्दा क्यान्सर बढ्ने सम्भावना बढी हुन्छ। त्यसैगरी, उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ, यस्तो धुँवा फोक्सोमा गडि चुरोटको धुवाभन्दा खतरनाक हुन्छ।