श्रीविलास दाहाल
नेपाली कांग्रेस पार्टीका नेता विश्वेश्वरप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टीका पुष्पलाल श्रेष्ठ दुवैको संयोगले यहि श्रावण महिनामा निधन भयो हिजोआज विश्वेश्वरप्रसादभन्दा पुष्पलाल नै महान हुन् भन्ने सत्ताधारी कम्यनिष्टहरुले थाहा नपाउने हिसाबले तर जोडदार प्रचारप्रसार गरिरहेका छन्। मार्क्सवादी कम्युनिष्ट नेता पुष्पलालको जसले नाम भजाउँदैछ, तिनिहरु फेरि पुष्पलालका अनुयायी होइनन्। पुष्पलालका उत्तराधिकारी त स्वर्गीय मनमोहन अधिकारी एउटा मात्र हुन्। अरु प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरुलाई काकताली र च्याँखे परेको हो। ओलीलाई रोक्न भरसक प्रयास भयो तर सकेनन्। ओली आफ्नो परिश्रम र भाग्यले प्रधानमन्त्री भएका हुन्। कति टिक्ने हुन्? त्यो थाहा छैन। आलोपालोको अर्थ पनि प्रष्ट छैन।
मेरो चाहिँ बीपी र पुष्पलालसँगग वाराणसीमा भेट भयो। पहिलो भेट बीपीसँग राजघाटको नेपाली कांग्रेसको कार्यालयमा। दिल्ली जान ठीक पर्दा पनि बसेर कुरा सुन्नुभयो। ‘केही अप्ठ्यारो परे आउनू, गणेशमान जीसँग भेट्नू भात खाएर जानु’ भन्नुभयो। सानो राजनैतिक टिप्पणी पनि गर्नुभयो। बर्मामा उवास्वेले पनि बुद्धि पुर्याएनन्। नेपालमा पनि धोका भयो। मेरो धेरै प्रश्नका उतर त गणेशमान जीबाटै मिले। मेरो श्रद्धा पनि गणेशमान जीप्रति नै सदा रह्यो। तर विडम्बना २०४६ पछि क्षेत्रपाटीले मलाई स्वीकारेन, जोगमेहर श्रेष्ठको मान्छेको लेभल लगाइदियो। कुकुरले नपाउने दुख पाईयो।
श्रीमती र दुइटी छोरीको पालनपोषणमा आम्दानीका श्रोत केही थिएनन्। अरुले देख्नका लागि हामी समाजवादी त्यतिखेर ‘समता मासिक’ र ‘अक्षर साप्ताहिक’ थिए। प्रदीप गिरी जीले रोजा र लेनिन भन्ने पुस्तक लेखिसक्नु भएको थियो। पुष्प थपलियाको ‘जनहित साप्ताहिक’मा काम पनि गर्न थालेँ। पैसा त दिन सक्दैनथे, आठापाँचा ककटेलका निमन्त्रणा धेरै आउँथे। थपलिया नजाने, बेलुका नरबहादुर कार्की आउनुहुन्थ्यो। रमाइलै हुनुहुन्थ्यो। त्यो समयको अलिक दिन राम्रै गरी कट्यो।
त्यसबेला बीपी बनारसमै भएकाले सजिलो भयो होला मञ्चमा पुष्पलाल पनि थिए। उनी कलेजका पदाधिकारी पनि थिए। अचानक एकजना सर्ट र लुँगी लाएर बीपीसँग फटाफट मञ्चमा गएर हात मिलायो। सभामा बसेनन्। पुष्पलालसँगै बस्न मन लागेन होला? ती मान्छे त मोहनविक्रम सिंह पो रहेछन्। फेरि उनीसँग आजसम्म भेट भएन।
भक्तपुरको भोलाछेँ टोलमा धौभडेल जीको घरमा सरेँ। गणेशमान जीलाई भक्तपुर सरेँ भनेको त विष्णुभक्त भुजुलाई चिठ्ठी लेखिदिनु भयो। अहिले आफूलाई बचाउनोस्, पछि राम्रा दिन आउँछन् भन्नुभयो। हिम्मत आयो।
अब बनारसतिर जाउँ। गुदौलियाको हरिशचन्द्र इण्टर कलेजमा बीपीले पढ्नु भएको रहेछ। त्यसको वार्षिकोत्सवमा वहाँलाई आफ्ना कलेजमा पढेको विद्यार्थी प्रधानमन्त्री भएको खुसीमा सम्मान गर्ने इच्छा भएछ। त्यसबेला बीपी बनारसमै भएकाले सजिलो भयो होला मञ्चमा पुष्पलाल पनि थिए। उनी कलेजका पदाधिकारी पनि थिए। अचानक एकजना सर्ट र लुँगी लाएर बीपीसँग फटाफट मञ्चमा गएर हात मिलायो। सभामा बसेनन्। पुष्पलालसँगै बस्न मन लागेन होला? ती मान्छे त मोहनविक्रम सिंह पो रहेछन्। फेरि उनीसँग आजसम्म भेट भएन।
त्यो सभामा पनि पुष्पलाल जीले संयुक्त आन्दोलनको कुरा गर्नुभयो। अन्य राजनीतिक भाषण भए। पछि बीपीले त्यसको सरल उत्तर पनि दिनुभयो। पुष्पलालजी संयुक्त आन्दोलन गर्ने भन्नुहुन्छ। लौ ठिकै छ। आर्थिक नीति तपाईंको भयो लिएर आउनुहोस्, म आँखा चिम्लेर साईन गरिदिन्छु। त्यस्तै तपाईंले पनि मेरो राजनीतिमा अर्थात् प्रजातान्त्रिक मूल्यमान्यताको नीतिमा हस्ताक्षर गर्नुपर्छ। कुरो त काण्ड पुगेकै थियो। त्यो कुरो अगाडि बढेन।
बनारसमै रहेका मोहनविक्रम सिंहसँग त बीपीको सहकार्य भएन त्यसबेला मोहनविक्रम सिंहको ठूलो टोली थिएन। वैद्यजी यसो नाम चलेका, अरु कोको थिए, थाहा भएन। पछि छात्र संघको चुनावमा कांग्रेस, पुष्पलाल र हाम्रो ‘प्रजातान्त्रिक समाजवादी युवादल’को चुनावमा उहाँले जलजला भन्ने छात्राको प्यानल नै उठाउनुभयो। छात्र संघको यो चुनावमा चारवटा गु्रप भयो। पछि थाहा भयो काठमाडौँका पत्रकार देवेन्द्र गौतमले आफ्नो पत्रिकामा वनारसको चुनावमा चारवटा विद्यार्थी संगठन अर्थात् ग्रुप लेख्नु भएछ।
पहिलो ग्रुप गिरिजाप्रसाद कोइरालाको, दोश्रो ग्रुप पुष्पलालको, तेस्रो ग्रुप मोहनविक्रम सिंहको र चौँथो प्रदीप गिरीको अर्थात् हाम्रो। पङ्तिकार पनि यस निर्वाचनमा महामन्त्रीको पदमा उठेको थियो। हामी मोहनविक्रमको ग्रुपभन्दा अघि भएका थियौँ तर फाइदा पुष्पलाल गुटलाई भयो। हाम्रो काम गिरिजागुट लाई हराउनेमात्र भयो। वहाँहरुको टीम राम्रो थियो। पुष्पलाल, मोदनाथ प्रश्रित, बलराम उपाध्याय, मोहन चापागाईं ज्ञवाली आदि हुनुहुन्थ्यो।
पाकिस्तानका जुल्फीकर अली भूट्टोलाई फाँसी दिएको निहुँमा काठमाडौँमा विद्यार्थी आन्दोलन भएको थियो। उनको नारा थियो ‘भुट्टो एक बहाना है प्रजातन्त्रको लाना है’। राजनैतिक नेतृत्वलाई समाजमा स्पेश चाहिन्छ, वहाँले पनि एउटा स्पेश बनाउनु भयो, पटना सम्मेलन सफल भयो। हामी बनारस फर्केर नेपा लभित्र पस्याैँ।
पुष्पलाल जीसँग बनारसको चोकमा पत्रपत्रिका किन्ने पसलमा दैनिक भेट हुन्थ्यो। एकदिन अफिस पनि लानुभयो। बसेर गफ ग¥यौँ। मैले त्यतिखेर आफ्नो ‘कि–रिङ’मा पनि एकातिर सोशलिस्ट र अर्कातिर नाम लेख्थेँ। मैले त्यो देखाउँदै भने, ‘मत सोशलिस्ट हो। बर्माको उवास्वेको सोशलिस्ट पार्टीमा मेरो पिताजी हुनुहुन्थ्यो। मेरो नेता त प्रदीप गिरी हो। त्यसपछि मेलमिलापको नीति लिएर बीपी नेपाल फर्कनुभयो। छात्र आन्दोलन भयो नेपालमा। हामी झनै छिन्नभिन्न भयौँ। कोही कसैसित भेट भएन।
सानो सानो गु्रप भएपनि हामी पटनाको राजनीतितिर लाग्यौँ। पटनामा कांग्रेसका एकजना नेता भद्रकाली मिश्र बस्नुहुन्थ्यो। साधन र श्रोत जुटाउन सक्ने नेता मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, प्रधानमन्त्रीहरुका मन्त्रीमण्डलमा बसेका कांग्रेस राणा मन्त्री मण्डलका पनि सदस्य। तत्कालीन भारतीय विदेशमन्त्री मिश्रका नातागोता, पछि त भद्रकाली मिश्र राजसभा स्थायी समीतिका सभापतिसमेत भए।
उनले पटनामा तराईका विद्यार्थीहरुको सम्मेलन गर्ने भएछन्। निम्तो आयो, निम्तोमा पनि मसँग पहाडे विद्यार्थी छैनन्, पठाई दिनुपर्यो भनेको रहेछ। हामी गयौँ, धेरै त दाङका नै साथीहरु हुनुहुन्थ्यो। भद्रकाली मिश्रले नारा त आकर्षक बनाउनु भएको थियो। पाकिस्तानका जुल्फीकर अली भूट्टोलाई फाँसी दिएको निहुँमा काठमाडौँमा विद्यार्थी आन्दोलन भएको थियो। उनको नारा थियो ‘भुट्टो एक बहाना है प्रजातन्त्रको लाना है’। राजनैतिक नेतृत्वलाई समाजमा स्पेश चाहिन्छ, वहाँले पनि एउटा स्पेश बनाउनु भयो, पटना सम्मेलन सफल भयो। हामी बनारस फर्केर नेपा लभित्र पस्याैँ।
बीपी कोइरालाको नेपाल प्रवेश पञ्चायत व्यवस्थाको अन्तरविरोध, भूट्टोको फाँसी, बंगलादेश निर्माण, सिक्किम भारतमा विलय, नेपालमा सशक्त देशव्यापी छात्र आन्दोलन आदि ईत्यादि सबै कारणले नेपालमा राजाले ‘जनमत संग्रह’को घोषणा गरे। राजा वीरेन्द्र आफूलाई लोकतान्त्रिक मूल्यमान्यताको पक्षधार देखाउन चाहन्थे। बेलायत अध्ययनको परम्परा त्यहाँको संस्कार संगतले होला। नेपालको राजदरबारका भाइभारदार जनमत संग्रहको पक्षमा थिएनन्।
अब त कम्युनिष्टहरुका खाने दाँत पनि बाहिरै देखिइसके। प्रधानमन्त्री ओलीको खोपडी कम्बोडियाका कम्युनिष्टहरुले मारेर चिहानमा गाडेका खोपडीहरु हेर्न कुद्दैछ। प्रचण्डको खोपडी कंगाल भएको भेनेजुएलातिर लागेको छ। कांग्रेसलाई कमजोर गराएर त सत्ता चलाउन पनि गाह्रो पर्दो रहेछ। यो सत्यलाई कम्युनिष्टले अझ स्वीकार्न सकेका छैनन्।
जनमत संग्रहको प्रारम्भमा मेरो कार्यक्षेत्र पोखरादेखि भैरहवासम्म रह्यो। परशुनारायण चौधरीको स्याङजा आमसभापछि म वालिङ धनबहादूर बोगटी बाको घरमा एक महिना बसेर काम गरेँ। हामी कालीगण्डकी पारिका गुरुङ गाउँ प्रशस्त घुमेका छौँ। २०१५ सालको आम चुनावको जस्तो वातावरण थियो। तर जनमत संग्रहको प्रकृति अर्कै हो। सम्झाउन बुझाउन गाह्रै पर्ने। त्यसपछि सिराहाको लहानमा आइयो।
सिरहामा किसान जागरण गराउनुपर्छ भनेर प्रदीप गिरीले एउटा आन्दोलन चलाउनु भयो, ‘पक्की चार किलो’ अर्थात् श्रमबापत कच्ची चार शेर होइन, पक्की चार किलो हो। त्यतिखेर चार किलोको सट्टा मजदूरीबापत चार शेर ‘जुन झण्डै तीन किलो बराबर मात्र हुन्थ्यो’ दिने प्रचलन थियो। जनमत संग्रहको आँधीमा त्यो आन्दोलनले गति लिन सकेन। सुभाष गिरी, कृष्णबहादुर थापा लगायतका हामी केही साथी मिलेर ‘जनमत बुलेटिन’ नामक पत्रिका पनि प्रकाशित गर्याैँ। नथुनि सिंह दनुवारले मलाई पुरा सिरहा घुमाउनु भयो। मिर्चैैयाका अर्याल परिवारसँग राम्रोे सम्बन्ध भयो।
लहानमा बीपी कोइरालाको ठूलो आमसभा भयो। पश्चिमतिर गणेशमान जीका पनि ठूला–ठूला आमसभा हुन्थे। जनकपुरमा मनमोहन अधिकारीको ठूलो आमसभा भयो। वहाँले आह्वान गर्नुभएको थियो, कांग्रेस र कम्युनिष्टले संयुक्त सभा गर्नुपर्छ। लहान सडक विभागको गेष्ट हाउसमा हामीले बीपीलाई मनमोहन जीले भनेको विषयमा सोध्यौँ। उहाँले प्रस्ट शब्दमा भन्नुभयो, कम्यूनिष्टसँग संयुक्त आमसभा गर्नुहुन्न। अर्थात् संयुक्त आन्दोलनको पक्षमा बीपी हुनुभएन। कम्युनिष्टहरुको नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कुनै योगदान छैन। उनीहरु राम्रै गर्दैछन्, गरुन् भन्नुभयो। संयुक्त कार्यक्रम गरे हानि नोक्सानी कांग्रेसलाई नै हुन्छ।
कांग्रेसलाई कमजोर बनाउनुपर्छ भनेर तत्कालीन मालेको एउटा ग्रुप र नक्सलाईटहरुले त पहेँलो अर्थात् पञ्चायतलाई नै भोट हाले। पुष्पलालको असल विरासत वा उत्तराधिकारी भनेको मार्क्सवादी मनमोहन अधिकारी नै हुन्। यो संस्मरण र श्रदाञ्जली लेखिरहँदा न त नेपालको राजनीति बीपीको बाटोमा हिँडेको छ, न त पुष्पलालकै। अहिलेका नेकपा नामधारी कम्युनिष्टहरु मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा गरेका एकाध कामको ब्याज खाईरहेका छन्। अब त कम्युनिष्टहरुका खाने दाँत पनि बाहिरै देखिइसके। प्रधानमन्त्री ओलीको खोपडी कम्बोडियाका कम्युनिष्टहरुले मारेर चिहानमा गाडेका खोपडीहरु हेर्न कुद्दैछ। प्रचण्डको खोपडी कंगाल भएको भेनेजुएलातिर लागेको छ। कांग्रेसलाई कमजोर गराएर त सत्ता चलाउन पनि गाह्रो पर्दो रहेछ। यो सत्यलाई कम्युनिष्टले अझ स्वीकार्न सकेका छैनन्।