काठमाडौँ – सनराइज बैंक प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन्। बैंकले आइतबार साँझ उनलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरेका हुन्।
तीन दशकको अनुभव रहेको शर्मा पौड्यालले साउन ९ गतेदेखि कार्यभार सम्हाल्ने छन्। उनलाई सीईओमा नियुक्तिका लागि सञ्चालक समितिले सर्वसम्मत निर्णय गरेको थियो।
नविल बैंकबाट जागिर शुरु गरेका पौड्याल एनआईसी एशिया बैंकमा पनि काम गरेका थिए। उनले उनले ६ महिना अघि मात्र ग्लोबल आईएमई बैंकबाट राजीनामा गरेका थिए। ग्लोबलमा उनी डेपुटी सीईओ हुँदै १ वर्ष सीईओ पदको कार्यभार सम्हाल्दै आएका थिए।