काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्राइभेट लिमिटेड ग्वार्कोबीच सेवासम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंककाे तर्फबाट विजनेश इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलकाे तर्फबाट विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १ सय ५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ।
बैंकको मुलुकभर २ सय ९० शाखा कार्यालयहरू, ३ सय २ एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ।