काठमाडौँ – आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पे र आइसीएफसी फाईनान्सबीच बैंकिङ साझेदार सम्झौता भएको छ। सम्झौतासँगै उक्त फाइनान्स आइएमई पेको बैंकिङ साझेदार संस्था बनेको छ।
सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले हस्ताक्षर गरेका छन्। फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पेमार्फत् विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।