काठमाडौँ - ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्तासम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका १ सय ३७ वटा नै शाखामार्फत एनएलजीका निर्जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू छिटो, छरितो एवं भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकका हाल देशभर १ सय ३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १ सय ४४ एटीएम, १ सय ६० शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय छन्।