काठमाडौँ - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र ई–सेवा फोन पेबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा इन्स्योरेन्सकाे तर्फबाट कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्री र ई–सेवाकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका छन्।
आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै इन्स्योरेन्स प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाई अझ प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता भएको हो। आफ्नो कार्य व्यस्तताका कारण नवीकरण गर्न कम्पनीको काउन्टरमा गई नवीकरण गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण बीमितहरूको समयको बचत, सहज भुक्तानी र प्रविधिको उच्चतम प्रयोगबाट कुनै अतिरिक्त शुल्कविना लाभ लिन सकिने बताइएकाे छ।
सम्झौतासँगै ज्योति लाइफबाट जारी गरिएका सबै बीमालेखहरूको नवीकरण शुल्क भुक्तानी ई–सेवाका कुनै पनि जोन पोइन्ट तथा बीमित आफैँले पनि आफ्नो ई–सेवा एपबाट मोबाइल तथा कम्प्युटरबाट गर्न सक्नेछन्। हाल परिक्षणको कार्य भइरहेकाले सफल परीक्षणपश्चात् सेवाग्राहीले यो सेवा छिट्टै उपयोग गर्न सक्नेछन्।