काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनीबीच सेवासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंककाे तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के तमोटले हस्ताक्षर गरेका हुन्। सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरूमा जनरल इन्स्योरेन्स कम्पनीमा बीमा गर्ने ग्राहकवर्गहरूलाई आवश्यक निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने बताए।
बैंकले देशका सबै क्षेत्र तथा वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १ सय शाखारहित बैंकिङ सेवा, १ सय ६९वटा एटीएम र १ हजार ३ सय भन्दा बढी पीओएस मेशिनमार्फत उच्च स्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।