काठमाडौँ – आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई पे र मुक्तिनाथ विकास बैंकबीच बैंकिङ साझेदारसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार अब बैंक आईएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ। सम्झौतापत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।
मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पेमार्फत विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्नेछन्।