काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक) र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूलाई स्वास्थ्याेपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालका तर्फबाट मार्केटिङ विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन्। यसैगरी, बैंकका कर्मचारी तथा ग्राहकहरूले ग्राण्डी अस्पतालका सेवा सुविधामा विशेष छुट पाउनेछन्।
बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्। बैंकले आफ्ना १ सय २० वटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ। हाल बैंकको देशभर ८१ वटा एटीएमहरू सञ्चालनमा रहेको बैंकले जनाएको छ।