काठमाडौँ - नबिल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ। उक्त सम्झौतामा नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्याण्डमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरू जडान गर्नका लागि उक्त सम्भफाैता भएको हो।
आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरूमा नियमित पानीको स्प्रे प्रवाहित गरी वर्षैभरी फूललाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौँ महानगरपालिका तथा नबिल बैंकको सहकार्य रहने जनाइएको छ।
काठमाडौं महानगरपालिका नगर प्रमुख विद्यासुन्दर शाक्यले नबिल बैंकसँगको सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिए। यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले यो सहकार्यले हरितकरण प्रयासलाई टेवा पुर्याई काठमाडौँ महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरूमा सौन्दर्य वृद्धि गरी शहरको वातावरणसमेतलाई सपार्ने विश्वास व्यक्त गरेका छन्।