काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप चार शाखा कार्यालय विस्तार गरेको छ। बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित इनरुवा र सोही जिल्लाकाे बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीमा शाखा विस्तार गरेको हो।
यस्तै, झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थित चन्द्रगढी (चाराली रोड) र सोही जिल्लाकाे मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयको औपचारिक रुपमा भएकाे छ। बैंकको सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता, चक्रघट्टी शाखा कार्यालयको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले उद्घाटन गरेका हुन्।
यसैगरी, बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो।
बैंकको मूलुकभर १ सय १० वटा शाखाहरु र १ सय १२ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा २ सय २२ स्थानवाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ। साथै, बैंकको देशभर १ सय २९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।