काठमाडौँ – आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभामा बोलाएको छ। सभा असार २९ गते बिहान ११ बजे काठमाडौँको लैनचौरस्थित एक ब्याङ्क्वेटमा बस्नेगरी साधारणसभामा बोलाइएको हो।
चुक्ता पूँजीलाई बीमा समितिले तोकेको सीमामा पुर्याउन आईएमई जनरलले सो सभामा बोलाइएको हो। कम्पनीकाे सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयरकाे प्रस्तावसमेत सभामा राख्ने भएकाे छ।
साधारणसभामा ५ प्रतिशत बोनश शेयर वितरणका अतिरिक्त एक जना रिक्त सञ्चालकको निर्वाचन हुने एजेन्डा समेत तय गरिएको छ। सो साधारणसभाको प्रयोजनको लागि असार १५ गते बुकक्लोज हुनेछ। उक्त दिनदेखि सभाको दिनसम्म दोस्रो बजारमा उक्त कम्पनीको शेयर कारोबार हुनेछैन।
पछिल्लो हकप्रद शेयर वितरणपछि कम्पनीको रू ९७ करोड २० लाख पूँजी पुगेको छ भने ५ प्रतिशत बोनस शेयरपछि पूँजी १ अर्ब २ करोड पुग्नेछ।