काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सेवा दिनेसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका १ सय ३७ वटा नै शाखाहरु मार्फत सन नेपाल लाइफको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ।