काठमाडौँ – हिमालयन बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले जारी गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ नेपालले ‘ग्रेड ए’ रेटिङ दिएको छ। यो रेटिङले कम्पनीकाे ऋणपत्रमा न्यून कर्जा जोखिम रहेको जनाउँछ।
बैंकले जारी गरेको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो। यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ। बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने भएको छ।
बैंकले ७ वर्ष अवधिको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ। यसमा विक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्ने भएको छ।