काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सानिमा क्यापिटलबीच शेयर निष्कासन तथा विक्री प्रबन्ध गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटलकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीले सर्वसाधारणका लागि जारी गरिने ६३ करोड रुपैयाँबराबरकाे शेयरको सार्वजनिक निष्कासन तथा विक्रीका लागि सानिमा क्यापिटलसँग सम्झौता गरेकाे हो।
कम्पनीको अधिकृत पूँजी तीन अर्ब रुपैयाँ र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। यस्तै, जारी पूँजीको ३० प्रतिशत हुन आउने रकम रू. ६३ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनका लागि छुट्याइएको कम्पनीले जनाएको छ।