काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत आयोजना (अपर तामाकोशी हाइड्रोपावर) ले असार ११ गते वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणासभाकाे प्रयोजनका लागि यही जेठ २१ गते मंगलबारदेखि असार ११ गते सम्म बुक क्लोज गर्ने भएको छ। सभामा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, कम्पनीको नाफा नोक्सान सम्बन्धमा छलफल गरी पारित गर्नेलगायतका एजेन्डा प्रस्ताव राखिएको छ। यस्तै, सर्वसाधाराण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने चार जना सञ्चालकको एकैपटक निर्वाचन गर्ने एजेन्डा पनि राखिएका छन्।
त्यसैगरी, विशेष प्रस्तावमा आयोजना प्रभावित विभिन्न सामाजिक संस्थाहरूलाई सञ्चालक समितिको निर्णयअनुसार आव २०७४/७५ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।