काठमाडौँ – प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई ८३ दशमलव ९९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीले ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर र ४ दशमलव २० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम ५८ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस शेयरकाे लाभांस दिने घोषणा गरेको हो।
कम्पनीले प्रस्तावित बोनस तथा नगद लाभांश स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने जनाएको छ। बीमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस वितरण हुनेछ। प्रस्तावित बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ।