काठमाडौँ – शुभम् पावर कम्पनी लिमिटेडले जेठ २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ। उक्त सभा शुभमको रजिष्टर्ड कार्यालय, अनामनगरमा बिहान ११ बजे बस्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि ५ लाख ८० हजार ५ सय ८० कित्ता आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले यसअघि स्थानीयले नकिनेको १ लाख ८० हजार ५ सय ८० कित्ता सेयर पनि थप गरी सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो।
सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाहमा छलफल हुने भएको छ। यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।