काठमाडौँ– यो वर्षको बजेट भाषण मार्फत सरकारले हवाई क्षेत्र विकासमा १५ अर्ब ८५ करोड बजेट बिनियोजन गरेको छ। हवाई क्षेत्रको विकासमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थललाई बुटिक बिमानस्थलका रुपमा २४ सै घण्टा संचालन गरिने बजेट भाषणमा उल्लेख गरिएकाे छ।
यस्तै सरकारले गौतम बुद्ध बिमानस्थल विमानस्थलका लागि ३ अर्ब ३४ करोड, र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलका लागि ८ अर्ब रुपैयाँ बजेट छ्ट्याएको छ। यस्तै सरकारले निजगढमा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कार्य अगाडी बढाइने बजेटमा उल्लेख छ।
यस्तै सरकारले बजेट भाषण मार्फत आन्तरिक बिमानस्थलहरु बिराटनगर, जनकपुर, सिमारा, नेपालगंज, दाङ र धनगढीमा ठूला बिमानहरु अपतरण हुने गरी विमानस्थलको स्थर उन्नती गर्ने जनाएको छ। सरकारले यसै वर्ष सुर्खेतमा नयाँ बिमानस्थल निर्माणका लागि संभाब्यता अध्ययन गरिने उल्लेख छ।