काठमाडौँ – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई बम्पर लाभांशको घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट हालको चुक्ता पूँजीको ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
कम्पनीले ३४ दशमलव ४६ प्रतिशत बोनस र ३५ दशमलव ५४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव जेठ १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो।
बीमा समितिले स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सो मात्राको लाभांश वितरण हुनेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। ३४ दशमलव ४६ प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ नाघ्नेछ।