काठमाडौँ - लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। साेसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार लक्ष्मी बैंकले देशभर रहेका आफ्ना १ सय ६ शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरू विक्री गर्नेछ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले सावधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २७ वटा शाखा तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको कम्पनीले जनाएको छ।