काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्सको तर्फबाट उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरूबाट उक्त कम्पनीको बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।